सरकारको नीति तथा कार्यक्रम संघीयताविरोधी : सिके राउत
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १४:१९:४१
९ जेठ, काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं सांसद डा. चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम संघीयता विरोधी रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममा धारणा राख्दै सांसद राउतले सरकारले नीति र कार्यक्रममा संघीयता बिर्सेको बताए । सरकाले मुश्किलले ३ ठाउँमा संघीयता शब्द राखेको भन्दै यसबाट संघीयताविरोधीहरुको मनोबल बढाउने बताए ।
उनले ११ नम्बर बुँदामा मधेशलाई प्राथमिकतामा राखेको पाउँदा खुली लागेको उनले बताए । मधेशमा देशकै कम साक्षर दर रहेको औल्याउँदै मधेशमा लागि बजेटमा विशेष प्याकेज ल्याउन सुझाव दिए । ‘कर्णालीमा भन्दा मधेशमा बढी कुपोषण छ’ उनले भने, ‘सधैं कर्णालीलाई पिछडिएको क्षेत्र उल्लेख गर्दा मधेशको विकराल अवस्थाबारे सरकार अनभिज्ञ बन्न पुगेको उनको भनाइ थियो ।
किसानलाई सरकारले छिटोभन्दा मल उप्लब्ध गराउनु माग गर्दै नीति तथा कार्यक्रममा रमाउने सरकारलाई जनताले नजिकबाट हेरिरहेको बताए । सरकारले ल्याएको ‘एक घर, एक धारा’ मधेशमा कार्यान्वयन गर्ने योजनाबारे उनले प्रश्न गरे ।
सांसद राउतले तत्कालीन माओवादीको.सशस्त्र द्वन्द्वका बेला मुलुकमा रहेका सबै सशस्त्र संघर्षरत समूहलाई राजनीतिक मूलधारमा ल्याउनुपर्नेमा जोड दिए ।
जनमत दल सरकार साझेदार दलहरुमध्ये एक घटक हुन् । संघमा सरकारलाइ समर्थन जनाएपनि सरकारमा सहभागी छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार