मधेशमा सत्ता गठबन्धनबीच खटपट, सरकारबाट बाहिरियो माओवादी
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १५:२:०
९ जेठ, जनकपुर । मधेश प्रदेश सत्ता गठबन्धन दलहरूमा खटपट सुरु भएको छ । जनता समाजवादी पार्टी नेतृत्वको सरकारले अन्य दलहरूको राय सुझावविपरित चलको भन्दै नेकपा माओवादी सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटी र आफूखुशी काम गर्न थालेको भन्दै माओवादीले सरकार छाड्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री यादवले गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै माओवादीले मधेश प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई मंगलबार फिर्ता बोलाएको हो । प्रदेशमा विवाद आएपछि यसलाई मिलाउन यसअघि गठबन्धनका शीर्ष नेताहरूबीच पनि छलफल भएको थियो ।
गत साता मात्र काठमाडौंमा गठबन्धन दलका शीर्ष नेता र मधेशका सत्तासीन दलका संसदीय दलका नेताहरूबीच छलफलमा मधेस प्रदेशमा आलोपालो मुख्यमन्त्री, सत्तासाझेदार र सत्ता दलको भावनाअनुसार मन्त्री नियुक्त गर्नुपर्ने सहमति भएको थियो । माओवादीका अनुसार मुख्यमन्त्री यादवले गठबन्धनमा भएको सहमतिलाई नटेकेर आफूखुसी मन्त्रिमण्डल पुनर्गठन गरेपछि पार्टी सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री यादवले मंगलबार मात्र कांग्रेसबाट २ जना मन्त्री नियुक्त गरेका छन् ।
मुख्यमन्त्री यादवले मंगलबार कांग्रेस र नेकपा एसका मन्त्रीलाई शपथ गराउने तयारी गरेपछि सत्ता गठबन्धनमा रहेका माओवादी, जनमत र लोसपा बिच्किएका छन् । यी तीन वटै दलको अहिले संयुक्त बैठक चलिरहेको छ । सरकारबाट बाहिरिने र मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने विषयमा बैठकमा छलफल भइरहेको छ । माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव सकसमा परेका छन् ।
यसैबीच मधेश प्रदेशमा सत्तारुढ तीन दलको असन्तुष्टिबीच नेपाली कांग्रेसका दुई तथा नेकपा एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिएका छन् । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले भौतिक पूर्वाधार तथा विकासमन्त्री र वीरेन्द्रप्रसाद सिंहले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको रुपमा प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । यस्तै एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपानेले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको रुपमा शपथ लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
चीन भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई कांग्रेसको सुझावः बीआरआईमा ऋण नलिनु, अनुदान लिनु
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
‘सिविन –नेपाल राष्ट्रिय बालअधिकार सम्मान’द्वारा चन्द्रागिरि नगरपालिका सम्मानित
मंसिर १२, २०८१ बुधबार
विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेट
मंसिर १२, २०८१ बुधबार
रास्वपाका नेताहरुले गरेको भाषण उतारेर क्लिपसहित अदालतमा पेश गर्न सर्वोच्चको आदेश
मंसिर १२, २०८१ बुधबार
रोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार