जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने
इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १५:२८:३७
मेलम्ची । भूकम्पपछि बन्द भएको तातोपानी नाकाको पछिल्लो अवस्था बुझ्न सरकारी उच्च प्रतिनिधि टोलीले स्थलगत निरीक्षण गरेको छ । नाका पुनः सञ्चालनमा ल्याउन पुनःनिर्माण भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री, प्रधानमन्त्री कार्यालयका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सासंदलगायतको टोलीले मङ्गलबार नाका क्षेत्रमा पुगेर निरीक्षण गरेका हुन् ।
एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सासंदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनको विषयमा कुरा भएको र सोहीअनुसार अन्तिम निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए।
नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, भौतिक योजना तथा पूर्वाधारमन्त्री रघुवीर महासेठ, पूर्वमन्त्री अग्नि सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, घनश्याम भट्टराईलगायतका टोलीले निरीक्षण गरेका थिए ।
भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमाक्षेत्रदेखि बसेरीसम्म चिनियाँले र बाह्रबिसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको डिभिजन सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताए ।
उच्चस्तरीय टोलीले निर्माणाधीन सुख्खा बन्दरगाहा, मितेरी पुल, सडकलगायतको क्षेत्रको निरीक्षण गरेको थियो । केही समस्या भएको ठाउँमा तत्कालै काम सम्पन्न गर्न मन्त्रीहरुले सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका थिए ।
सुख्खा बन्दरगाहा निर्माणकार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले नेपालका उच्चस्तरीय प्रतिनिधिमण्डललाई जानकारी गराएको थियो ।
चिनियाँ पक्षले मे ३१ ९जेठ १७ गते० नाका सञ्चालनको तयारी गरेको र त्यही जानकारी आफूहरुलाई गराएको प्रतिनिधिमण्डलमा रहेका सांसद सापकोटाले जानकारी दिए । सोही दिन सञ्चालन गर्ने गरी अहिले २४सै घण्टा काम भइरहेको छ ।
नेपालका उच्चस्तरीय टोलीलाई चिनियाँ पक्षले अब कहिल्यै बन्द नहुने गरी नाका सञ्चालन गर्न आफूहरु लागिपरेको जानकारी गराएका थिए । नाका क्षेत्रमा सरकारका उच्च अधिकारीहरुले निरीक्षण गरेपछि यस क्षेत्रका स्थानीयवासी र जनप्रतिनिधि खुशी भएका छन् ।
जुगल हिमालमा पहिलो पटक मानव पाइला
भर्जिन हिमालको रुपमा चिनिएको जुगल हिमालमा मङ्गलबार पहिलोपटक मानव पाइला पुगेको छ । चैत १५ गतेदेखि हिमालको चुचुरोतर्फ अघि बढेको सात सदस्यीय टोली मङ्गलबार साँझ ५ः२० बजे शिखरमा पुगेको हो ।
सोमबार बेलुकी ८ बजेबाट चार हजार ७२४ मिटरको उचाइमा रहेको अन्तिम बेस आधार शिविरबाट चुचुरोतर्फ गएको टोली मङ्गलबार बेलुकी पुगेको हो । सगरमाथा आरोही एवं प्रथम समावेशी महिला हिमाल आरोहण दलकी सदस्य माया गुरुङको नेतृत्वमा जुगल हिमाल आरोहण शुरु भएको थियो ।
गुरुङसहित सिन्धु पर्यटन परिषद्का महासचिव मिलन तामाङ, शर्मिला थापा, फोटोग्राफर प्रेम गुरुङ र अन्तर्राष्ट्रिय माउन्टेनगाइड तुलसी गुरुङ र अन्य सहयोगी जुगल हिमाल आरोहण गरेका हुन् । प्रदेश नं ३ सरकार र जुगल गाउँपालिकाको आयोजनामा जुगल हिमालको औपचारिक आरोहण शुरु गरिएको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपगुणस्तरीय खानेपानी उपलब्ध गराउन दीर्घकालीन समाधान खोजिदै
मंसिर २७, २०८१ बिहिबार
किमाथांका अरुण र मुगु कर्णाली जलविद्युत् आयोजनामा लगानी आह्वान, साढे ५ खर्ब लागत
मंसिर २३, २०८१ आइतबार
सेती जलविद्युत् आयोजनाले थाल्यो व्यापारिक उत्पादन
मंसिर २१, २०८१ शुक्रबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
औषधि विधेयक अन्तिम चरणमा छ: स्वास्थ्यमन्त्री पौडेल
मंसिर २७, २०८१ बिहिबार
अदालत परिसरबाट फेरि पक्राउ परे दुर्गा प्रसाईं, समर्थकबाट सरकार विरुद्ध नाराबाजी
मंसिर २७, २०८१ बिहिबार
मन्त्रालयले भन्यो:- कोही कसैबाट एम्बुलेन्सको दुरुपयोग भएमा खबर गर्नु
मंसिर २७, २०८१ बिहिबार
प्रहरी समायोजन कार्य छिट्टै सम्पन्न गरेर सङ्घीयतालाई थप बलियो बनाइने : गृहमन्त्री लेखक
मंसिर २७, २०८१ बिहिबार
भारतीय सेनाको गोली लागी सात माओवादी विद्रोहीको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
एनपिएलमा जनकपुरद्वारा काठमाडौँ गुर्खाज पाँच विकेटले पराजित
मंसिर २७, २०८१ बिहिबार