२० वर्ष नाघेको सवारीसाधन हटाउन बागमती प्रदेशको निर्देशन
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १८:३३:४७
९ जेठ, काठमाडौं । बागमती प्रदेश सरकारले २० वर्षभन्दा पुराना सार्वजनिक सवारी साधनलाई हटाउन निर्देशन दिएको छ । प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै २० वर्ष पुराना सार्वजनिक सवारी साधन र ३० वर्ष नाघेका विद्युतीय सवारी साधनलाई पत्रु गर्न (कवाडी बनाउन) निर्देशन दिएको हो ।
बागमती प्रदेश सरकारले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ ९४० मा विद्युतीय सवारी साधनहरू दर्ता भएको मितिले ३० वर्ष र अन्य सार्वजनिक सवारी साधन २० वर्ष नाघेपछि पत्रु गर्नुपर्ने व्यवस्था गरेको छ । यसै व्यवस्थालाई आधार बनाउँदै मन्त्रालयले सूचना जारी गरेको हो ।
‘यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रचलित कानुन बमोजिम सवारी साधनको हालसम्म तिर्न र बुझाउन पर्ने राजस्व बुझाई सवारी साधन पत्रु गर्ने कार्य सम्पन्न गर्नुहुन सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ’ सूचनामा उल्लेख छ ।
तर व्यवसायीहरुले भने विरोध गरेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले प्रदेश सरकरको निर्णय गलत भएको बताए । सरकारले निर्णयले हजारौं संख्यामा मजदुर र तिनका परिवारमा प्रत्यक्ष असर पर्ने उनको तर्क छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार