सटर फुटाएर चोरी गर्ने एक जना पक्राउ
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:१७:१९
१० जेठ, काठमाडौं । झापाको शिवगञ्ज बजारमा एकै रातमा चारवटा पसलको सटर फुटाएर चोरी भएका घटनामा संलग्नताको आरोपमा प्रहरीले एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका–५ स्थित आमवारी टोल निवासी ५६ वर्षीय छविलाल खवास चौधरी रहेका छन् । शिवगञ्ज बजारमा एकै रातमा किराना सहित ४ पसलको सटर फुटाएर श्रृङ्खलावद्ध चोरी भएको थियो ।
घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले विशेष सूचनाको आधारमा खवासलाई मंगलबार पक्राउ गरेको हो । खवासको साथबाट चोरीका सामान समेत बरामद भएको जानकारी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र रिजालले दिए । खवासलाइ हिजै सार्वजनिक गरिएकाे हाे ।
अभियुक्त खवासलाई चोरी मुद्दामा झापा जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । खवासलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्वमा भरपर्दो सुरक्षा रणनीति बनाएर लागू गर्न महानिरीक्षक कुँवरको निर्देशन
भदौ ३१, २०८१ सोमबार
प्रधानसेनापति सिग्देलले सम्हाले कार्यभार
भदौ २४, २०८१ सोमबार
करिब चार लाख बराबरको लत्ताकपडा बरामद
भदौ २०, २०८१ बिहिबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
नागरिकको भविष्य सम्झेर स्वास्थ्य सुधार अभियानमा छौं : मन्त्री पौडेल
असोज ३, २०८१ बिहिबार
जितिया पर्वले जातजाति र भूगोलको एकतालाई बलियो बनाएको छः पूर्वराष्ट्रपति भण्डारी
असोज ३, २०८१ बिहिबार
काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी
असोज ३, २०८१ बिहिबार
संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमाः कांग्रेस प्रवक्ता महत
असोज ३, २०८१ बिहिबार
‘संविधान संशोधन अघि व्यापक समीक्षा जरुरी’
असोज ३, २०८१ बिहिबार