माधुरीको मार डाला पहिरन तीन करोडमा बिक्री
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:३०:३९
१० जेठ, मुम्बई । फिल्मको चरित्रलाई निखार्न र सुन्दर बनाउन उसको पहिरनको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । त्यो पहिरन कुनै पनि भूमिकालाई कथामा स्थापित गराउन पनि प्रयोग गरिन्छ । फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ का राज र सिमरन होस् या ‘कजरारे कजरारे’मा ऐश्वर्या राय यी भूमिकाको कुरा गर्दा जोकोहीले उनीहरुका पहिरन सम्झन्छन् ।
गब्बर सिंहदखि मोगेम्बोसम्म जस्ता कलाकारलाई पनि आफ्नो लोकप्रियता बढाउन पहिरनको भूमिका महत्वपूर्ण रह्यो । आधुनिक समयसँगै फिल्मको बजेट त बढ्यो नै, कलाकारलाई आकर्षक देखाउन पहिरनमा पनि लगानी बढ्न थाल्यो ।
फिल्मलाई हिट बनाउन अभिनेता र अभिनेत्रीका पहिरनलाई विशेष ध्यान दिइन्छ । फिल्म हिट होस् या फ्लप, फिल्ममा सेलिब्रेटीको फेसनलाई दर्शकले कसरी हेरेका छन् भन्ने कुरामा पनि ध्यान दिइन्छ । धेरैलाई चासो हुनसक्छ, फिल्ममा कलाकारले लगाएका महंगा पहिरन सुटिङ पछि कहाँ प्रयोग गरिन्छ रु अथवा त्यसलाई के गरिन्छ रु
कुरा गरौं, फिल्म ‘देवदास’को । यो फिल्म सन् २००२ मा रिलिज भएका थियो । सञ्जय लिला भन्सालीको निर्माण तथा निर्देशन रहेको यो फिल्म बनाउन त्यस समयमा ५० करोड रुपैंयाँ खर्च भएको थियो । फिल्मकी ‘चन्द्रमुखी’अर्थात् माधुरी दिक्षितले यो फिल्मको गीत ‘मार डाला’मा हरियो रंगको हेवी अनारकली सुट लगाएकी थिइन् । जुन पहिरनलाई तीन करोडमा बेचिएको थियो ।
सलमान खान, अक्षय कुमार र प्रियंका चोपडा स्टारर फिल्म ‘मुझ से शादी करोगी’ हिट फिल्म मानिन्छ । फिल्ममा सलमानले अभिनय गरेको गीत ‘जीने के है चार दिन’ निकै हिट भएको थियो । यो गतिमा सलमानले तौलियाका साथ स्टेप गरेका थिए । यो तौलिया एक लाख ४५ हजारमा बिक्री भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबलिउड अभिनेता हाशमी सुटिङका क्रममा गम्भिर घाइते
असोज २२, २०८१ मंगलबार
अभिनेता गोविन्दा अस्पतालबाट डिस्चार्ज
असोज १८, २०८१ शुक्रबार
बलिउड अभिनेता गोविन्दा गोली लागेर घाइते
असोज १५, २०८१ मंगलबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
रासस
असोज २०, २०८१ आइतबार
अलौमा मेयर सिंहमाथि हातपातः डुबान समस्याका कारण स्थानीयको आक्रोश
असोज २२, २०८१ मंगलबार
तीन महिनाको हावापानी, पुस १६ गतेसम्म जाडो हुँदैन
असोज २२, २०८१ मंगलबार
प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण
असोज २२, २०८१ मंगलबार
इङल्याण्डविरुद्धको पहिलो टेस्टमा पाकिस्तानको उत्कृष्ट प्रदर्शन
असोज २२, २०८१ मंगलबार
राष्ट्रपतिबाट विजयादशमीका दिन टीका तथा प्रसाद प्रदान हुने
असोज २२, २०८१ मंगलबार
एआईमा महत्त्वपूर्ण प्रगतिका लागि दुई जनालाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान
असोज २२, २०८१ मंगलबार
काठमाडौंका विभिन्न स्थानबाट यात्रुसँग बढि भाडा असुल्ने ३१ जना पक्राउ
असोज २२, २०८१ मंगलबार
आजदेखि उपत्यकावासीले मेलम्चीको पानी प्रयोग गर्न पाउने
असोज २२, २०८१ मंगलबार