भुटान शरणार्थी प्रकरणमा दोषी छुट्याइए सदन र सडक तताउने रास्वपाको चेतावनी
३ पार्टीबीचकाे खासखुसले देश नै गन्हाइसक्यो : रबि लामिछाने
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १४:१:५१
१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं सांसद रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र मुद्दा चलिरहेका बेला मुख्य ३ पार्टीका नेतृत्वबीच भइरहेको निरन्तर भेटघाट र खासखुसले दोषीलाई कारवाही हुनेमा शंका उत्पन्न भएको बताए ।
कांग्रेस, एमाले र माओवादी केन्द्रबीच खासखुसको गन्धले देश नै गन्हाइसकेको बताउँदै प्रकरणलाई निष्पक्ष तरिकाले टुंग्याउने काममा सरकारबाट खुट्टा कमउने काम सुरु भएको उनको भनाइ थियो । प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब र प्रभाव पर्न नदिने र दोषी सबै दोषीलाई कारवाही गर्ने भनेको कुरा आफूलाई स्मरणमा रहेको भन्दै उनले अहिले शंका लागेको बताए ।
उनले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाए । प्रकरणमा अनुसन्धानमा जोडिएका उच्च पदस्थहरुमाथि सोधपुछ गर्न प्रधानमन्त्रीको मुटु कामेकोजस्तो आफूलाई लागेको उनको भनाइ थियो ।
‘अहिले मुटु कामेको छ कि छैन त्यो चेक गर्नुपर्ने भयो’ उनले भने, ‘प्रधानमन्त्रीज्यू भन्नुस् कुन अस्पतालमा चेक गर्नुहुन्छ ?’ प्रकरणमा हेलकेत्र्mयाँइ भएमा रास्वपाले सदन र सडक दुवैबाट खबरदारी गर्ने चेतावनी उनले दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार