जेल सुधार गृह होइन, यातना गृहजस्तो भएको छ : प्रकाशमान सिंह
यातायात व्यवस्था विभाग र यातायात कार्यालय गाभ्न सुझाव
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १४:१८:४१
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मुलुकको कारागार (जेल) सुधार गृह नभई यातना गृहजस्तो भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले जेलका क्षमताभन्दा ५ गुणासम्म बढी संख्यामा कैदीबन्दी राख्ने कार्यले उनीहरुको बाँच्न पाउने मानवअधिकार मिचिएको बताए ।
कानून बनाएर भएपनि कैदीबन्दीलाई रचनात्मक काममा लगाउनुपर्ने बताए छ । ‘देशभरका जेलको अवस्था कैदीलाई सुधार गर्न होइन कि थप यातना दिने ठाउँ जस्तो बनाइएको छ’ सिंहले भने, ‘उनीहरुलाई काममा लगाउने कानून बनाउनु आवश्यक देखेको छ् ।’
साथै, उनले यातायात व्यवस्था विभाग र यातायात व्यवस्था कार्यालयको कामकारवाही बाझिएको बताए । दुईथरि कार्यालयका कारण सेवाग्रहीले मार खेपिरहनुपरेको बताउँदै दुवैलाई गाभेर एउटै बनाउन कानून बनाउन सरकारलाई सुझाव दिए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न सके परिणामुखी सावित हुने बताए ।
नीति र कार्यक्रमलाई बोक्ने थरी बजेट तर्जुमा गर्न सुझाव दिए । सरकारले जनताकाे कष्ट हल गर्ने तरिकाबाट हरेक क्षेत्रमा छिटाे कानून बनाउनुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबिपी राजमार्ग पुनर्निर्माणमा साढे ९ अर्ब लाग्ने, जापानको मुख ताक्दै सरकार
पुष २१, २०८१ आइतबार
कालीगण्डकी कोरिडोरः माझीबस्ती–खनियाघाट खण्ड कालोपत्र
पुष १७, २०८१ बुधबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार
हेलिकोप्टरबाट सुत्केरीको उद्धार
पुष २१, २०८१ आइतबार
ओलीको राजनीतिक प्रतिवेदनः अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको स्वीकार
पुष २१, २०८१ आइतबार
खुम्बु क्षेत्रमा स्थानीयले हेलिप्याडमा झण्डा गाडेपछि रोकियो हेलिकप्टर उडान
पुष २१, २०८१ आइतबार
पर्वतमा आगलागीमा परी ७२ वर्षीया वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार