कांग्रेस सांसद चन्द्र भण्डारीले भने, ‘शौभाग्यले बाँचेर आएँ’ [ फोटोफिचर ]
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १४:४५:४७
१० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बोलेका छन्। आगलागीको घटनामा परी घाइते भई लामो समय नेपाल र भारतमा उपचार गराएका कांग्रेस नेता भण्डारी बुधबार प्रतिनिधिसभा बैठकमा उपस्थित भएका हुन् ।
उनलाई सभामुखले विशेष समय उपलब्ध गराएपछि आज नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिएका छन् । सम्बोधनका लागि मर्यादापालकहरुको सहारामा रोस्टममा पुगेका भण्डारीले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका छन्।
भण्डारीको नेपालमा उपचार सम्भव नभएपछि मुम्बइस्थित नेशनल बर्न सेन्टरमा उपचार भएको थियो । गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए। उनकी आमा हरिकला भण्डारीको गत फागुन ४ गते उपचारका क्रममा निधन भएको थियो।
फागुन ४ मा भण्डारीलाई थप उपचारका लागि भारत लगिएको थियो। उनी भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किएका थिए। उनको स्वास्थ्यमा अझै पनि सुधारोन्मुख छ । उनले स्वास्थ्य प्रतिकूलताका बीच विशेष समय माग गरेर संसदमा बोलेका हुन् ।
साथै संसदमा बोल्दै भण्डारीले सौभाग्य बाँचेर आएको बताएका छन्। जारी नीति तथा कार्यक्रममाथिको बहसमा भाग लिँदै उनले यो अवस्थामा ल्याएर बोल्ने बनाउने सरकार, सांसद, चिकित्सक सबैप्रति आधार व्यक्त गरेका छन् । उनले देशमा जलनका केस धेरै हुने भएकोले सरकारलाई छुट्टै अस्पताल बनाउन आग्रह गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोयल इन्फिल्डको क्लासिक ३५० सिग्नल्स एडिसनको मूल्य ५ लाख ५५ हजार: फोटोफिचर
मंसिर १२, २०८१ बुधबार
धरहराबाट उपत्यका नियाल्ने रहर
मंसिर १२, २०८१ बुधबार
सर्वोच्चको बोर्डमा कालो छ्यापेपछि बिनु यादव पक्राउ
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार