सक्नुहुन्छ जनयुद्धको सम्मान गर्नुस्, सक्नुहुन्न अपमान नगर्नुस्, : सांसद घर्ती
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १५:१८:१३
१० जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता एवं सांसल पूर्णबहादुर घर्तीले जनयुद्धको सम्मान गर्न आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि धारणा राख्दै सांसद घर्तीले तत्कालीन माओवादीले चलाएको सशस्त्र विद्रोह जनयुद्धपछि सरकारसँग शान्ति सम्झौता गरेको १६ वर्ष बितिसक्दा पनि जनयुद्धको अपमान गर्न खोजिएको भन्दै रोष्ट्रमबाट यस्तो बताएका हुन् ।
एमालेका सांसदहरुले सरकारले ल्याएको आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रममा जनयुद्ध शब्द राखेको भन्दै विरोध गरेपछि घर्तीले जनयुद्ध शब्दको विरोध गरेर शान्ति प्रक्रियालाई भत्काउन खोजिएको जवाफ दिए ।
‘जनयुद्ध शब्द नमान्ने भनेर के १२ बुँदे र शान्ति प्रक्रिया मान्दिनँ भन्न खोजेको हो ?’ घर्तीले भने, ‘सक्नुहुन्छ भने सम्मान गर्नुस्, सक्नुहुन्न भन्ने अपमान नगर्नुस् ।’
जनयुद्धका आएको माओवादीसँग एमालेले पार्टी एकता गरेर नेकपा बनाएको विषयबारे एमालेले जवाफ दिनुपर्ने उनले बताए । कसैले पनि स्वार्थ र पूर्वग्रही बनेर राजनीतिमा प्रस्तुत हुन नहुने उनको भनाइ थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रम उत्कृष्ट र आवश्यकतामा आधारित रहेको बताउँदै यसलाई संसदबाट पारित गरेर सशक्त रुपमा कार्यान्वयनमा लैजानुपर्ने बताए ।
उनले अहिलेको नीति र कार्यक्रम एमाले नेतृत्वको सरकारकै पालाका रहेको भन्नेहरुले विरोध गरेको देख्दा अचम्म लागेको बताउँदै हचुवाको भरमा टिप्पणी नगर्न सुझाव दिए । ‘त्यही बेलाका कपी पेष्ट गरेछन् भने त झनै ताली बजाएर पास गर्नुपर्ने होइन र ? उनले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार