अदालतबाट छुटे पनि सम्पत्ति शुद्धीकरणमा पक्राउ पर्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १२:१४:७
१० जेठ, काठमाडौं। भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, बालकृष्ण खाँणलगायतका १६ जना अदालतको आदेशमा छुटेपनि फेरि सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा फेरी पक्राउ पर्ने संभावना बढेको छ । सरकारी वकिलको कार्यालयले बुधबार काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरु छुटी जाने भएमा सम्बन्धित प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अनुरोध गरिएकोले सम्पत्ति शुद्धीकरणमा पनि अर्को मुद्दा जाने जनाएको छ ।
उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा थप अनुसन्धानका लागि लेखि पठाउने निर्णय भएकाले पुनः पक्राउ गरेर प्रहरी कार्यालयमा फिर्ता पठाइदिन अभियोग पत्रमा उल्लेख गरिएको हो । यस्तै प्रतिवादीहरुको पासपोर्ट रोक्का राख्न पनि आग्रह गरिएको छ ।
यस्तै उनीहरूको सम्पत्ति रोक्काको प्रक्रिया पुरा गरेर अदालतमा जानकारी गराइने पनि अभियोजन पत्रमा उल्लेख छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । गजेन्द्र बुढाथोकीसहित नेपाल सरकार वादी भएको मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसै गरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्द कुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ ।
उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् । यस्तै फरार रहेकाहरू लक्ष्मी महर्जन, अशोक पोखरेल, दीपा हुमागाईँ, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जन कुमार खरेल, सुनील बुढाथोकी र प्रतीक थापा रहेका छन् । उनीहरूलाई पनि फरार आरोपीको रुपमा अभियोजन दर्ता गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकसरी हुन्छ नेपाल टेलिकमको लाइसेन्स नवीकरणः कानुनमा अडचन छ, आर्थिक लाभ हेर्छन् कर्मचारी ?
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
इराकी टिकटक स्टार फहादको गोली हानी हत्या
बैशाख १६, २०८१ आइतबार
सुनको मुल्य तोलामा ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख १६, २०८१ आइतबार
अल्फाबेट फेरी बन्यो २ ट्रिलीयन डलर कम्पनी
बैशाख १६, २०८१ आइतबार
मेगा प्रोजेक्ट 'बलिदान'को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?
बैशाख १६, २०८१ आइतबार
राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
बैशाख १६, २०८१ आइतबार