प्रभु लाइफ इन्स्योरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १०:५६:०
१२ जेठ, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ । सभामा उक्त आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ९.८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक–आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ । यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेस हुनेछ ।
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ । गाभिए पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ ।
साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले शुक्रबार बुक क्लोज गर्दै छ । सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नेपाल मेडिकल कलेजमा ल्याप्रोस्कोपी प्रविधिबाट निकालियो बिग्रिएको मिर्गौला
पुष २४, २०८१ बुधबार
बज्राचार्य गुरूबाट सेतो मछिन्द्रनाथको महास्नान
पुष २४, २०८१ बुधबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार