‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ आजदेखि प्रदर्शनमा
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार ११:२२:९
१२ जेठ, काठमाडौं । आजदेखि दुई नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ र ‘टुल्की’ प्रदर्शनमा आउने भएका छन् । दुवै चलचित्र सामाजिक विधामा निर्मित भए पनि विषयवस्तुको हिसाबले भने निकै फरक छन् ।
शम्भु थापाको निर्देशन रहेको ‘हुक्काः एन एब्सर्ड ड्रिम’ मा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगलगायत कलाकारले अभिनय गरेको छ ।
सामाजिक कथानक चलचित्र भनिए पनि यसमा पूर्ण मनोरञ्जनको सामग्री रहेको अभिनेता घिमिरेले जानकारी दिए । “हुक्का र त्यसको प्रतिष्ठालाई चलचित्रमा विम्बका रूपमा प्रयोग गरिएको छ । हाम्रो गाउँ समाजमा हुने घटनाक्रम र यथार्थलाई प्रस्तुत गरेका छौँ”, उनले भने ।
यस्तै, आजैदेखि प्रदर्शनमा आउन लागेको ‘टुल्की’ मा नेपालको हिमाली क्षेत्रमा चलिआएको बहुपति प्रथालाई देखाइएको छ । देव थापाको निर्देशनमा तयार भएको सो चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको छ ।
उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो पोस्टर सार्वजनिक
असोज २२, २०८१ मंगलबार
दशैंको अवसर पारेर दयाहाङ र मिरुनाको सुपरहिट फिल्म 'जारी' युट्युबमा रिलिज
असोज २१, २०८१ सोमबार
प्रदर्शनरत फिल्मका मुख्य अंश सामाजिक सञ्जालमा नराख्न बोर्डको चेतावनी
असोज १८, २०८१ शुक्रबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
असोज २२, २०८१ मंगलबार
धौलागिरि आरोहणमा गएका पाँच रुसी नागरिकको मृत्यु
असोज २२, २०८१ मंगलबार
सरकारले क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार स्थानीय तहमा बजेट दिने
असोज २२, २०८१ मंगलबार
दुई कराँते खेलाडीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण
असोज २२, २०८१ मंगलबार
ललितपुरको खोकनामा सिकाली जात्रा ( फोटो फिचर )
असोज २२, २०८१ मंगलबार