राष्ट्रपतिसमक्ष नागरिकता विधेयक प्रमाणीकरणका लागि पठाउने सरकारको निर्णय
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १८:१:५९
१२ जेठ, काठमाडौं । सरकारले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि प्रमाणीकरण नभएको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णयका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका थिए । सत्ता गठबन्धनले नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो । गठबन्धनले निर्णय गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा कानुनविद्हरुसँग आवश्यक परामर्श गरेका थिए ।
राष्ट्रपति पौडेलले सत्ता गठबन्धन दलका नेताहरूलाई शीतलनिवास बोलाएर पनि यस विषयमा छलफल गरेका थिए । शुक्रबार सोही अनुसार मन्त्रिपरिषदले दुवै संसदले दुई पटक पारित गरिसकेको विधेयक प्रमाणीकरणका लागि शीतलनिवास पठाउने निर्णय गरेको हो । संसदमा नलगी पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न मिल्ने कि नमिल्ने भन्नेमा विवाद भने कायमै छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
मतदातामा देखिएन उत्साह, इलाममा ५८ र बझाङमा ५० प्रतिशत मत खस्यो
बैशाख १५, २०८१ शनिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते
बैशाख १५, २०८१ शनिबार
कुम्भ मेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
बैशाख १५, २०८१ शनिबार
मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान
बैशाख १५, २०८१ शनिबार
लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?
बैशाख १५, २०८१ शनिबार