सुनसरीको लौकही नाका बन्यो तस्करीको ‘ट्रान्जिट प्वाइन्ट’
अबैध रुपमा मैदा र चिनीको खुला तस्करी
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १७:३१:५
१४ जेठ, इनरुवा । पछिल्लो समय धेरै हदसम्म नियन्त्रणमा रहेको अवैध तस्करी केही समय यता सुनसरीको लौकही नाकाबाट निर्वाध रुपमा सुरु भएको छ ।
सो क्षेत्रको सीमा पारी र वारीका तस्करहरूले अहिले दिनरात भारतबाट चिनी र मैदा अवैध रुपमा तस्करी माध्यमबाट लौकही भित्र्याई देशका विभिन्न मुख्य बजारहरूमा पठाउने गरेको खबर प्राप्त भएको छ ।
तस्करहरूले साइकल र मोटरसाइकल लगायत पैदल मजदुरको प्रयोग गरी तस्करी गर्ने लौकही क्षेत्रमा भण्डारण गरी रातीको समयमा ठूलो सवारी साधनबाट देश भरी पठाउने र स्थानीय टेम्पुको प्रयोग गरी २४ घण्टा समान तस्करी हुँदै आएको बताइएको छ ।
स्थानीय सुरक्षा निकायको पूर्ण मिलोमतोमा हुँदै आएको सो तस्करी बापत त्यहाँ स्थापित सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कर्मचारी समेतले मोटो रकम नजराना बुझ्ने गरेको प्रमाण फेला परेको छ । भन्सार कर्मचारीले थोरै परिणामको प्रज्ञापन पत्र बनाई कैयन् पटक गरी ठूलो परिमाणमा तस्करी गराउन सहकार्य गर्ने गरेको तथ्य समेत फेला परेको छ ।
छोटी भन्सार कार्यालय लौकहीमा कार्यरत कर्मचारीहरूले एक पटक काटी दिएको भन्सार कागजको आधारमा तस्करहरूले दैनिक २० पटक भन्दा बढी स्थानीय टेम्पुको प्रयोग गरी मालसामान गन्तव्यसम्म पुर्याउने गरेका छन् । भारतीय बजार भन्दा झन्डै ४० प्रतिशत मैदाको मूल्य नेपाली बजारमा उच्च रहेका कारण केही महिना यता देखी सुनसरीका लौकही नाकासहित अन्य दक्षिणवर्ती नाकाहरूबाट मैदाको आयत अवैध रुपमा फस्टाएको हो ।
तस्करी नियन्त्रणका लागि सरकारले सक्रिय बनाएका विभिन्न निकाय नै तस्करसँग मिलोमतो गर्दा सुनसरीको लौकहीसँगै अन्य नाकाहरूबाट करोडौंको अवैध मालसामान सुनसरी हुँदै देशका विभिन्न क्षेत्रमा पुर्याउने कार्य तीब्र बनेको छ ।
सुनसरीको लौकही क्षेत्रमा अपराध नियन्त्रण तथा सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीको ठूलो दस्ताका पदाधिकारीहरू र तस्कर बीचको सेटिङमै हुँदै आएको तस्करीले दैनिक सरकारले पाउनुपर्ने लाखौं बराबरको राजश्व संकलनमा समेत चुहावट गरिँदै आएको छ ।
तस्करहरूको समूहले लौकही नाकाबाट खुलेयाम रुपमा दैनिक रुपमा २ सय देखी ३ सय बोरा सम्म चिनी र मैदा पनि सोही परिणाममा भित्राउने गरेका छन् । भारतबाट मोटरसाइकल, साइकलको प्रयोग गरी दिन भरी लौकही सीमा क्षेत्रका घरमा अवैध मालसामान भण्डार गर्ने र त्यसपछि त्यहाँ भण्डारण गरिएका मालसामान समय अनुकूल मिलाएर अटो, टेम्पु र सिटी रिक्सामा लोड गरी भोक्राहा नरसिंह, इनरुवा हुँदै सुनसरीसहित देशभरीका बजारसम्म पुर्याउने गरेको स्रोतको दाबी छ । अहिले सो नाकाबाट चिनी, मैदा मात्र नभई अन्य सरसामान पनि तस्करीको माध्यमबाट भित्रिरहेको जनाइएको छ ।
सुनसरी जिल्लामा लौकही नाकासहित अन्य नाकाहरूबाट पनि विगत लामो समय देखी भारतबाट नेपालतर्फ चिनी र मैदा तस्करी हुँदै आएको छ । भारतसँग खुल्ला सिमानाका कारण भारतबाट सुनसरी जिल्लामा अहिले दैनिक सयौं क्विन्टल चिनी र मैदा चोरी निकासी हुने गरेको छ ।
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र भन्सार कर्मचारीको मिलोमतो मै सुनसरीको लौकही नाकाबाट भारतीय मालसामानको तस्करी हुने गरेको हो । तस्करहरूले झोला, पोका र ठूलठूला बोरासमेतमा राखेर भारतिय चिनी, मैदा सहित अवैध माल समान तस्करी गर्ने गरेका छन् ।
लौकही सीमा नाकाको वरपर खेतमा दैनिक चिनी, मैदा लगायत अन्य माल समान तस्करी गर्ने तस्करहरूको मेला लागेको देखिन्छ । सीमा नाकामा अवस्थित गाउँका बासिन्दाहरूको भनाइ अनुसार तस्करहरूले दिनको समयमा कम गतिविधि गरे पनि रातीको बेला रातभर सीमा नाकाको गाउँहरूको बाटो हुँदै चिनी, मैदा तस्करी गर्ने गरेको र रातभरिमा ओहोरदोहोर गर्ने गरेको बताउँछन् ।
नाम प्रकाशित नगर्ने शर्तमा एकजना स्थानीय बासिन्दाले भने–लौकही नाकामा सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा सरसामान तस्करी गर्ने कार्य भइरहेको छ ।
भारतीय सीमा नाकासँग जोडिएको लौकही क्षेत्रमा प्रहरी अधिकारीले सामान ल्याउने तस्करहरूसँग सेटिङ मिलाएर भन्सार छली ल्याउने सरसामान ओसारपसारमा रकम लिएर सहयोग गर्ने गरेको उनको भनाई छ । नेपाल भारत सीमा लौकही क्षेत्रमा सञ्चारकर्मीको एक टोलीले निरीक्षण गर्दा शनिबार सशस्त्र प्रहरीले तस्करहरूसँग मिलि रकम लिएर सामान छोड्ने गरेको भेटिएको छ । सुनसान स्थानमा रहेको सीमा नाकामा अटो टेम्पु, सिटी रिक्सा, मोटरसाइकल, साइकल र पैदल सामान ओसारपसार गर्नेहरूको भीड हुने गरेको छ ।
लौकहीबाट सबैभन्दा नजिक सीमा पारिको बजार बसमतिया, बिरपुरबाट व्यापारीहरूले चिनी, मैदा, खाने तेल, मसला, किराना सामान तथा इलेक्ट्रोनिक सामान ल्याउने गरे पनि सुरक्षामा खटिएका प्रहरी जवान तथा अधिकारी उनीहरूलाई बिनाकुनै जाँच नेपाल भित्रिने अनुमति दिइरहेका छन् ।
यता सुनसरी जिल्लाका कुनै पनि क्षेत्रमा तस्करी जिरो रहेको रटान रट्दै आएको सुनसरी प्रशासन र सुरक्षा अधिकारीहरूको रटान झुटो साबित भएको छ । यसबारे शनिबार सुनसरी जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग विस्तृत प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले तस्करी नियन्त्रणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी सक्रिय रुपमा काम गरी रहेको र विगत भन्दा पछिल्लो समय तस्करी नियन्त्रण कम भएको बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजिल्लाको आदेश सदर गर्दै उच्च अदालतले भन्यो, बेचन झालाई थुनामै राख्नु
पुष १, २०८१ सोमबार
साढे ५ किलो सुन तस्करी गर्ने तीन आरोपी पुर्पक्षका लागि कारागार पठाइए, ८ करोड बिगो दावी
मंसिर १८, २०८१ मंगलबार
विमानस्थलबाट १ केजी सुनसहित एक जना पक्राउ
मंसिर १५, २०८१ शनिबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
जवानलाई पछि पार्दै ‘पुष्पा २’ बन्यो सर्वाधिक कमाउने फिल्म
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
बेलायतको हिन्दी फिल्म ‘सन्तोष’ अस्करमा सर्टलिस्ट, के छ यो फिल्मको कथा ?
पुष ३, २०८१ बुधबार
फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा
पुष ३, २०८१ बुधबार
अछामको मङ्गलसेनबाट देखिएको सुन्दरता
पुष ३, २०८१ बुधबार