राष्ट्रपतिद्वारा रेशम चाैधरीसहित ५०१ कैदीको सजाय माफी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १८:२८:४०
![](https://nepalbahas.prixacdn.net/media/albums/shital_niwas_hKAuVtJsMV_c2th4K1uZl.png)
१४ जेठ, काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाल चौधरीसहित १९ जना कैदीबन्दीको सजाय माफी गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले चौधरीसहित १९ कैदीको बाँकी सजाय माफी दिने निर्णय गरेपश्चा सरकारले राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । साेही सिफारिसबमाेजिम कैद मिनाह गरिएकाे हाे ।
‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम गणतन्त्र दिवस, २०८० को उपलक्ष्यमा माफी भएको छ’ राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
राजेश थलङ र ज्येष्ठ नागरिक नारायण गिरीसहित ४८२ जनालाई संविधानको धारा २७६ र फौजदारी कसुर (साजय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ तथा ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ बोजिम बाँकी कैद माफी गरिएको उल्लेख छ ।
यस्तै रेशम चौधरी र टोपबहादुर बुढासहित १९ जनालाई संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ बमोजिम सोमबारबाट लागू हुने गरी बाँकी कैदसजाय माफी दिएको उल्लेख छ ।
चौधरी कैलालीको टिकापुरमा २०७२ भदौ ७ मा भएको नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टर केशव बोहरासहित ७ प्रहरी र एक् नाबालककोा ज्यान गरी भएको घटनामा चौधरी डिल्लीबजार जेलमा जन्मकैदको सजाय काटिरहेका थिए ।
सरकारले गणतन्त्र दिवसको अवसरमा उनीहरुको बाँकी कैदसाजय माफी दिइएको हो ।
चौधरीलाई माफी दिन नहुने भन्दै पीडित इन्स्पेक्टर बोहरीकी पत्नी शारदाले आजै मात्र सर्वोच्च अदालतमा मुद्दा हालेकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपति पौडेलसँग चीनका उपविदेशमन्त्री वेइतोङको शिष्टाचार भेट
असार १२, २०८१ बुधबार
कांग्रेसका सांसदलाई विज्ञ राखेर लगानी सहजीकरण विधेयकमा अभिमुखीकरण
असार १२, २०८१ बुधबार
नेपाल आइडल विजेता करण परियारलाई प्रधानमन्त्रीले दिए बधाई, गितार उपहार
असार १२, २०८१ बुधबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
असार ११, २०८१ मंगलबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
लेबनानमा हुने चार देशीय प्रतियोगिता खेल्ने महिला फुटबल टिमको घोषणा
असार १२, २०८१ बुधबार
लमजुङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका चार जनाको मृत्यु
असार १२, २०८१ बुधबार
घण्टाघरको पुनर्निर्माणको कार्य सुरू (तस्बिरहरु)
असार १२, २०८१ बुधबार
तनहुँका किसानलाई रासायनिक मलको समस्या नहुने
असार १२, २०८१ बुधबार