पोखराको रत्न मन्दिर आजदेखि सर्वसाधारणका लागि खुला
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार ११:५२:७
१५ जेठ, पोखरा । पूर्वराजाहरुले प्रयोग गरेको पोखराको फेवातालनजिक अवस्थित रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गणतन्त्र दिवसको दिन फेवाताल निकारमा रहेको रत्नमन्दिर आम नागरिकका लागि खुला गरेका हुन् । आज पहिलो दिन भने निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ ।
रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि.सं.२०१३ मा राजा महेन्द्रको पालामा यो दरबारको निर्माण सुरु गरिएको थियो । पछि सो दरबार राजा वीरेन्द्रको नाममा आएको थियो । मन्दिर १११ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयसँगै यो पनि ट्रष्टको स्वामित्वमा छ । राजसंस्थाको अन्त्यपछि २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएसँगै उक्त दरबार हालसम्म बन्द थियो ।
मुलुकमा गणतन्त्र स्थापना भएको १५ वर्षपछि खुला भएको रत्न मन्दिरमा अवलोकनका लागि टिकटको व्यवस्था गरिने नेपाल ट्रष्ट सदस्य योङजोम शेर्पाले जानकारी दिइन् । उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।
राजतन्त्रलाई वंशाणुगत तथा सामन्ती व्यवस्थाको रुपमा चित्रित गर्दै १० वर्षे सशस्त्र विद्रोह र ऐतिहासिक जनआन्दोलनपश्चात २०६५ जेठ १५ गते मुलुकमा अढाइ सय पुरानाे राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनाको घोषणा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार
मनाङको नाम्के खर्कबाट यार्सागुम्बा संकलन सुरु
बैशाख १३, २०८१ बिहिबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार