रासायनिक मलमा दोब्बर बजेट, अनुदान दिन ३० अर्ब विनियोजन
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १७:३०:३१
१५ जेठ, काठमाडौं । सरकारले रासायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष (आव) २०८०-८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रूपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको हो ।
चालू आर्थिक वर्ष २०७९-८० का लागि १५ अर्ब रूपैयाँ रासायनिक मलका लागि विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७८-७९ का लागि १२ अर्ब बजेट विनियोजन भएको थियो भने आव ०७७-७८ मा ११ अर्ब रूपैयाँ रासायनिक मल खरिद लागि बजेट छुट्याएको थियो । काठमाडौँ — सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रूपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
रासायनिक मल खरिद प्रक्रियामा सुधार गरी समयमै आपूर्ति सुनिश्चतता गरिने अर्थमन्त्री महतले बताए । मल आपूर्तिलाई व्यवस्थित र पारदर्शी बनाइने पनि सरकारले घोषणा गरेको छ । स्वदेशमै रासायनिक मल कारखाना स्थापित गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी सार्वजनिक निजी साझेदारीमा लगानी बोर्डमार्फत काम अघि बढाइने सरकारले बजेट भाषणमा उल्लेख गरेको छ ।
किसानले समयमै रासायनिक मल नपाउने नेपालको पुरानै समस्या हो । सरकारले स्वदेशमै मल कारखाना खोल्ने बताउँदै आए पनि कार्यान्वयन भने हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
नेपालको क्रेडिट रेटिङ सन्तोषजनक, लगानीका दृष्टिकोणले अनुकूल रहेको सरकारी दावी
मंसिर ७, २०८१ शुक्रबार
चार महिनामा ८४ अर्ब थपिएर जीडीपीको ४४ प्रतिशत पुग्यो सरकारी ऋण
मंसिर ५, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
स्थानीय तह उपनिर्वाचन: आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार