महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढालाई सम्मान
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १६:२८:५७
१६ जेठ, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ ।
मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पुर्याएको योगदानस्वरुप सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताए । “आत्मविश्वास, त्यो साहसकै कारणले आज अपाङ्गता भएका व्यक्तिले पुर्याएको योगदान विश्वसामु पुगेको छ । अपाङ्गता भएकै कारण निराश भएका व्यक्तिहरुको आत्मविश्वास वृद्धि गर्न यस सन्देशले महत्वपूर्ण भूमिका खेलेको छ”, उनले भने ।
विश्व कीर्तिमान राख्न सफल भएका बुढाले मन्त्रालयले गरेको सम्मान आफूलाई मात्र नभई सम्पुर्ण अपाङ्गता भएका व्यक्तिलाई हो भने । “मैले पाएको यो सम्मान मलाई मात्र नभई सम्पुर्ण अपाङ्ग व्यक्तिलाई गरेको महसुुस भएको छ । हामी पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वास सबै अपाङ्गता भएका व्यक्तिमाझ पुगेको छ”, बुढामगरले भने । अपाङ्गता भएका व्यक्तिको सहजताका लागि अपाङ्गतामैत्री कार्यलय, सडक, पार्किङ लगायतका अन्य सुविधामा सरकारले जोड दिनुपर्ने उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ५, २०८१ शनिबार
लागुऔषधको कुलतबाट विद्यार्थी जोगाउन अभियान
जेठ ४, २०८१ शुक्रबार
देशभर गर्मी बढेको बढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तनहुँको म्याग्दे गाउँपालिका–२ जामुने क्षेत्रमा सडक कालोपत्र
जेठ ५, २०८१ शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
प्रधानमन्त्री निवास बालुवाटार प्रमुख दलका शिर्ष नेताहरु छलफलमा जुटे
जेठ ५, २०८१ शनिबार
'कोपिलाका सुगन्ध’ बजारमा
जेठ ५, २०८१ शनिबार
तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु
जेठ ५, २०८१ शनिबार