प्रधानन्यायधीशमा सिफारिस कार्की बिरुद्ध उजुरी आव्हान, जेठ २६ गतेसम्म दिन सकिने
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार ८:४१:५
१७ जेठ, काठमाडौं । प्रधानन्यायाधीशका लागि सिफारिसमा परेका सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की बिरुद्ध उजुरी आव्हान भएको छ ।
संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले कार्की विरुद्धको उजुरी आव्हान गरेको हो । समितिका अनुसार कार्की बिरुद्धमा कुनै उजुरी भएमा आगामी जेठ २६ गतेसम्म दिन सकिनेछ ।
‘नेपालको प्रधानन्यायाधीश पदमा देहाय बमोजिमका व्यक्ति 'कार्की'को नियुक्तिका लागि संवैधानिक परिषदबाट सिफारिस भई संसदीय सुनवाईका लागि मिति २०८० वैशाख २७ गते यस समितिमा पत्र प्राप्त हुन आएकाले सर्वसाधारणको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ, ‘उक्त पदमा उहाँलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवम सबुत प्रमाणसहित मिति २०८० जेठ २६ गते कार्यालय समय भित्र यस समिति समक्ष निम्न माध्यममार्फत वा सोझै समितिमा आई सुचना वा उजुरी दिन सकिने ब्यहोरा यसै सुचनाद्धारा सुचित गरिन्छ ।’
समितिका अनुसार सूचना दाताले नाम थर, वतन र सम्पर्क नम्बर राख्नु पर्नेछ, यदि कसैले आफ्नो नाम, थर गोप्य राख्न चाहेमा त्यो पनि पाइने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैठकबाट माओवादीले पारित गर्यो १६ प्रस्तावः पूर्णपाठ
पुष २३, २०८१ मंगलबार
गेटामा विश्वविद्यालय सञ्चालनको गृहकार्य गर्दै सरकार
पुष २३, २०८१ मंगलबार
विदेशमा सिकेका सीप, श्रम र आर्जित पुँजीलाई स्वदेशमा परिचालन गरौं : मन्त्री भण्डारी
पुष २३, २०८१ मंगलबार
बजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
सिद्धार्थ बैंकको पुस २८ गते एजीएम बस्दै
पुष २४, २०८१ बुधबार
५० बर्ष अघि बनेको बलिउडको पहिलो 'एडल्ट फिल्म' हंस्ते आँसु !
पुष २४, २०८१ बुधबार
परासीबाट चार चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र वितरण
पुष २४, २०८१ बुधबार
लक्ष्मी सनराइज बैंकको 'एजीएम' आज
पुष २४, २०८१ बुधबार
काठमाडौंको कैदीबन्दी नुवाकोट कारागारमा स्थानन्तरण गर्ने क्रम जारी
पुष २४, २०८१ बुधबार