महिला प्रहरीलाई दूर्व्यवहार गर्ने एसएसपी पाल निलम्बित
नेपालबहस संवाददाता
असार १, २०८० शुक्रबार १४:२:५५
१ असार, काठमाडौं । विवादित एसएसपी योगबहादुर पाल निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा उनलाई मन्त्रालयले शुक्रबार निलम्बन गरेको हो । महिला प्रहरीलाई गुड फ्राइडे मनाउनुपर्छ भन्दै यौन दूर्व्यवहार गरेका एसएसपी पाललाई सेवाबाट केही समयका लागि निलम्बन गरिएको हो ।
प्रहरी कार्यालयभित्रै महिला प्रहरीलाई यौन दूर्व्यवहारको आरोप लागेका एसएसपी पाललाई गृह मन्त्रालयले आज निलम्बन गरेको मन्त्रालयका एक सहसचिवले जानकारी दिएका छन् । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी कुवेर कडायतले निलम्बनका लागि सिफारिस गएको तर निलम्बन भएको पत्र आइनसकेको बताए । ‘सिफारिस भएको छ तर पत्र आइसकेको छैन’, उनले भने ।
नेपाल प्रहरी प्रदेश कार्यालय, कञ्चनपुरको प्रमुखको रूपमा कार्यरत रहँदा गत १९ जेठमा उनले सोही कार्यालयमा कार्यरत एक महिला प्रहरीलाई यौन दूर्व्यवहार गरेका थिए । बिदामा जान लागेकी कर्मचारीलाई निवासमा बोलाएर ‘तिमी मलाई मन पर्यो आज गुड फ्राइडे मनाउनुपर्छ’ भन्दै दूर्व्यवहार गरेका थिए । ती महिला प्रहरीको उजुरीका आधारमा छानबिन गर्दा एसएसपीको गल्ती देखिएपछि उनलाई निलम्बनका लागि पत्रचार गरिएको थियो । उनका विरुद्ध गत जेठ १९ मा उजुरी परेको थियो ।
गत १९ जेठमा एक महिला प्रहरीलाई दूर्व्यवहार गरेको घटनामा प्रहरी प्रधान कार्यालयले उनलाई त्यहाँबाट सरुवा गरेर छानबिन गरेको थियो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका एसपी श्यामसिंह चौधरीको अध्यक्षतामा समिति गठन भई छानबिन समितिले एसएसपी पालको गल्ती देखाएको थियो । सो छानबिनका क्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूहरूलाई समेत एसएसपी पालले दूर्व्यवहार गर्दै आएको सुनाएका थिए ।
छानबिन समितिले १९ जेठको घटनाबारे कार्यालयका प्रहरी कर्मचारीसँग सोधपुछ गरेको थियो । जसक्रममा अन्य महिला प्रहरीले पनि विगतमा आफूमाथि एसएसपी पालले गरेको दूर्व्यवहारका घटना सुनाएका थिए । उनी यसअघि सोलुखुम्बू, धादिङ, बौद्धमा कार्यरत रहँदा पनि विवादमा आएका थिए । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा सेवा परिवर्तन गरेका पालले सोलुखुम्बू र धादिङमा पनि महिला प्रहरीलाई दूर्व्यवहार गरेको खुलेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
दुई भारतीयसहित तीन जना प्रहरी नियन्त्रणमा
पुष २८, २०८१ आइतबार
भरुवा बन्दुकसहित ६ जना जना पक्राउ
पुष २८, २०८१ आइतबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
नेपालबहस संवाददाता
पुष २६, २०८१ शुक्रबार
पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू
पुष २९, २०८१ सोमबार
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पुष २९, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा रविको थुनछेक बहस सुरू
पुष २९, २०८१ सोमबार
सिक्लेसमा ठेलो हान्ने मेला भोलिदेखि सुरु
पुष २९, २०८१ सोमबार
अमेरिकी आगलागीमा ज्यान गुमाउनेको संख्या २४ पुग्यो
पुष २९, २०८१ सोमबार
त्रिवेणीधाममा आजबाट माधवनारायण मेलाको व्रत शुभारम्भ [ फाेटाे फिचर ]
पुष २९, २०८१ सोमबार