पेप्सीकोलामा सुनको सिक्री लुटेर फरार युवक जोरपाटीबाट पक्राउ
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १६:३८:१०
१७ जेठ, काठमाडौं । सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले जोरपाटीबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१ देवीटार बस्ने ३० वर्षीय पाण्डे भन्ने विष्णु तामाङ रहेको प्रहरीले जनाएको छ ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो । तामाङमाथि काठमाडौं महानगरपालिका–३२ पेप्सीकोलास्थित गत हप्ता गेटवे मोन्टेश्वरी स्कुलअगाडि पैदल हिडिरहेकी मध्यपुर ठिमी–७ बस्ने मनमाया छुजुको घाँटीको सुनको सिक्री लुटेर फरार भएको आरोप छ ।
आरोपी तामाङलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । उनलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत बानेश्वरमा पठाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार