सबै अस्पतालमा निःशुल्क शय्या छुट्ट्याउन र विपन्नकाे नि:शुल्क उपचार गर्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १७:५८:५८
७ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सरकारी, निजी, सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरूलाई संस्था सञ्चालन सम्बन्धी मापदण्ड अनुसार दश प्रतिशत शय्यामा तोकिएका वर्गलाई निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न निर्देशन दिएको छ ।
अस्पतालहरुले कानूनबमोजिम लक्षित एवं विपन्न वर्गका बिरामीलाई निःशुल्क उपचार र स्वासथ्यसम्बन्धी छुट नदिई अन्याय गरेको भन्दै काठमाडौं महानगरकापालिकाले सरकारको ध्यानाकर्षण गराएको भोलिपल्ट बुधबार मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयका वरिष्ठ स्वास्थ्इ प्रशासक डा. समिरकुमार अधिकारीले बुधवार ताकेता परिपत्र जारी गर्दै स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ को दफा ७ (घ) अनुसार अस्पतालहरूमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे, बिरामीको लागि कुल शय्याको १० प्रतिशत छुट्ट्याएर निःशुल्क उपचारको अनिवार्य व्यवस्था गर्न निर्देशन दिएका छन् ।
यस्तै, सोही मापदण्डको ७२ (ट) विपरीत बिरामीले संस्थाबाट सेवा प्राप्त गर्न लाग्ने शुल्क, प्रक्रिया तथा अवधि समेत खुलाएको बडापत्र अस्पतालमा देखिने गरी नराखेको, अस्पतालमा पार्किङ शुल्क लिने गरेको र कार्यरत जनशक्तिलाई न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगराएको पाइएको र कानूनबमोजिम बिरामीले उपचारमा छुट सुविधा नपाएको जनगुनासो व्यापक आइरहेको भन्दै सचिव स्तरको निर्णयले सचेत गराइएको छ ।
नियमको पूर्ण पालना गर्न र अनुगमनका क्रममा पालना नभएको पाइएमा कारवाही गरिने चेतावनी दिइएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहन बस्नेतलाई भेटेर काठमाडौंका अस्पतालहरुले बिरामीको उपचारमा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेको र कानुनमा व्यवस्था भएको छुट सुविधासमेत नदिएको भन्दै पालना गराउन ध्यानाकर्षण गराएका थिए । सरकारले बेवास्ता गरे महानगरले नियम उल्लंघन गर्ने अस्पतालहरुको प्रशासन बन्द गर्ने चेतावनी दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो पटक गौर अस्पतालमा आङ्ग खसेको रोगको सफलता पूर्वक अपरेसन
माघ ९, २०८१ बुधबार
जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत
माघ ९, २०८१ बुधबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार