चलचित्र 'मीराः स्याडो अफ अ रेन्बो'को फर्स्टलुक पोस्टर सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १६:४१:५२
१८ जेठ, काठमाडौं। नेपाली चलचित्र 'मीराः स्याडो अफ अ रेन्बो'को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ ।
चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो चलचित्रको थिम बुझाउने बताईन् । उनले भनिन्, 'अटिजम भनेको कुनै रोग होईन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्द हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग चलचित्रमा पाईन्छ ।' उनले रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि चलचित्रमा रहेको बताईन् । उनले भनिन्, 'प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो ।' यो चलचित्रमा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।
यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो । पोस्टरमा रिलिजबारे भने केहि खुलाईएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार