निर्वाचन क्षेत्रमा ५ करोड दिने सरकारको निर्णयविरुद्ध रास्वपा, कोष खारेजीका लागि संकल्प प्रस्ताव दर्ता
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १७:४९:४९
१८ जेठ, काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले सांसदहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा वितरण गर्न आउँदा आर्थिक वर्ष २०८०/८१ का लागि सांसद निर्वाचन क्षेत्र पूर्वाधार विकासबाट दिइने जनही ५ करोड बजेटको विरोधमा उभिएको छ ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारले सांसदहरुलाई निर्वाचन क्षेत्रमा एक एक करोडका ५ वटा आयोजनामाा खर्च गर्न दिने गरी ल्याएको बजेट व्यवस्थालाई खारेज गर्न सांसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
यसअघि विवादित र विरोध भएका कारण खारेज भइसकेको कोषलाई सरकारले सत्ता जोगाउनकै लागि अनावश्यक रुपमा सांसदलाई पैसा बाँडन कोष ब्यूँताइएको रास्वपको निष्कर्ष छ । स्थानीय तहअन्तर्गत स्थानीय सरकार चलिरहेको अहिलेको अवस्थामा विकासको नामममा कोषबाट रकम वितरण गर्नु व्यवहारिक र सांसदलाई बदनाम गराउने खेल भएको उसको निजोड छ ।
सांसदको कोष खारेज गर्न आफूहरुले सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेको रास्वपा सांसद हरि ढकालले बताए । कोषलाई सरकारले बजेटमा ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ नाम दिएको छ । जेठ १५ गते बजेट घोषणा भएलगत्तै रास्वपाले कोष संचालनको विरोध गरेको थियो । एमाले पनि कोष ब्युँताइएकोमा विरोध गरेको छ ।
यस्तै, रास्वपाले राष्ट्रपति रामचन्द्र पौडेलद्वारा हालै प्रमाणिकरण गरेका नागरिकता विधयेकको पनि विरोध गरेको छ । यसले नागरिकता विधेयकको सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने जनाएको छ । उसले आज एक प्रेस विज्ञप्ति निकालेर विरोध गर्ने जानकारी दिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
५६ प्रतिशत पर्यटक बढे पछि साउदीले रक्सी बिक्री खुल्ला गर्न सक्ने
बैशाख १४, २०८१ शुक्रबार
संसदीय समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला
बैशाख १४, २०८१ शुक्रबार
धरमपानी गाउँ
बैशाख १४, २०८१ शुक्रबार
आइपिएलमा कसरी भइरहेको छ छक्का र चौकाको वर्षा ?
बैशाख १४, २०८१ शुक्रबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार