संसद भवन निर्माणको म्याद थपिदैनः मन्त्री गुरुङ
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १८:१:४६
१८ जेठ, काठमाडौ । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसद् भवन निर्माणको ठेक्का अवधि थप्न नसकिने बताएकी छन् । समयमा निर्माण सम्पन्न नगरेको ठेकेदार कम्पनीले दोस्रो पटक समय थप गर्नका लागि सरकारसँग आग्रह गरेको अवस्थामा मन्त्री समय थप्न नसकिने बताएकी हुन् ।
सिंहदरबारस्थित निर्माणधीन संसद् भवनको निरीक्षण एवं अवलोकनका क्रममा बिहीबार मन्त्री गुरुङले यसअघि नै सरकारले दुई पटकसम्म म्याद थपिसकेको भन्दै अब ठेक्का समय थप्न नसक्ने अवस्थामा पुगिएको बताएकी हुन् ।
२०७४ को निर्वाचनबाट आएको प्रतिनिधिसभाको अन्तिम अधिवेशन नै नयाँ संसद् भवनमा बस्ने योजना रहेको बताएका बेला नयाँ संसद् आइसकेपछि पनि भवन निर्माणको काम सकिएको छैन । भवन निर्माणको काम निक्कै सुस्त भइरहेको संसद् सचिवालयका अधिकारीले बताएका छन् ।
ठेकेदार कम्पनीले दुई सिफ्टमा रातदिन काम गर्ने र यसअघि थपिएकै समयमा निर्माण सम्पन्न गर्ने भनेको तर त्यसो नदेखिएको मन्त्री गुरुङको भनाइ थियो । उनले हिउँदे अधिवेशन यहीँबाट नै सुरुवात गर्नुपर्छ भन्ने पक्षमा सरकार रहेको र निरन्तर निगरानी गरिरहेको बताइन् । निर्माणको काम सुस्त छ, यसलाई अघि बढाउन निर्देशन दिएपछि प्रगति भएको छ, जनशक्ति थोरै छ, बढाउनुपर्छ, नीतिगत निर्णय गर्न र भुक्तानी दिन सरकार तयार छ, उनले भनिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
बैशाख १४, २०८१ शुक्रबार
मुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट पुल राखिने
बैशाख १४, २०८१ शुक्रबार
चेपाङ आवास कार्यक्रमः इच्छाकामनाका २२ घर निर्माण
बैशाख १४, २०८१ शुक्रबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
चितुवाको आक्रमणमा परी युवक घाइते
बैशाख १४, २०८१ शुक्रबार
मर्स्याङ्दी जलाशयमा मोटरबोट चढ्ने आकर्षण
बैशाख १४, २०८१ शुक्रबार
धनुषामा नौ सयभन्दा बढीमा हात्तीपाइले रोग
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
बैशाख १४, २०८१ शुक्रबार
गणेशमान सिंह क्रिकेटमा सुदूरपश्चिम विजयी
बैशाख १४, २०८१ शुक्रबार
लाओसमा दादुरा, रुबेलाबाट बालबालिकालाई जोगाउन खोप अभियान सुरु
बैशाख १४, २०८१ शुक्रबार