सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाइँदै
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १२:२१:४६
१४ वैशाख, तनहुँ । तनहुँको भीमाद नगरपालिका–७ र ९ को सिमानामा रहेको सिद्धगुफालाई पर्यटकीय गन्तव्य बनाउन विभिन्न पूर्वाधार निर्माण गर्न थालिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण उक्त गुफाको विकास गर्न नगरपालिकाले भौतिक संरचना निर्माण कार्य अघि बढाएको हो ।
गुफाभित्र चुन पग्लेर बनेका विभिन्न आकृतिले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रचारप्रसारको अभावमा सिद्धगुफा ओझेलमा परेको छ । उक्त गुफाको विकास गर्न भीमाद नगरपालिकाले रु तीन करोड विनियोजन गरी विभिन्न संरचना निर्माणको काम गरिरहेको छ । सिद्धगुफामा प्रवेशद्धार, गुफासम्म जाने मार्गमा कालोपत्र, टिकट काट्ने घर, व्यवस्थित शौचालयलगायतका संरचना निर्माण भइरहेका नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिए ।
कोभिड–१९ अघि आन्तरिक पर्यटक चहलपहल बढेको थियो । पछिल्लो समय भने सो सङ्ख्या घटेको नगरप्रमुख सुवेदीको भनाइ छ । उनले भने– “अहिले गुफा परिसरमा विभिन्न पूर्वाधार निर्माण भइरहेका छन् ।” पर्यटन प्रवद्र्धनका लागि नगरपालिकाले सक्दो पहलकदमी गर्दैआएको प्रमुख सुवेदी बताउछन् ।
बिदाका दिनमा गुफाको अवलोकन गर्न दैनिक दुई सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेका छन् । गुफाभित्र तीन तलासम्म हिँड्डुल गर्न मिल्छ । गुफाको प्रत्येक तलामा आकर्षक चित्रहरु रहेका छन् । गुफाभित्र प्राकृतिक रुपमा बनेका विभिन्न आकृति देख्न सकिन्छ ।
गुफा नजिकै चमेरो गुफा पनि छ । चमेरो गुफा करिब तीन किलोमिटर लामो छ । चमेरो गुफाभित्र पातालगङ्गा रहेको छ । पाल्पा, स्याङ्जा, नवलपरासी र तनहुँ जिल्लाको व्यापारिक केन्द्र भिमाद बजारदेखि चार किलोमिटर पश्चिममा सिद्धगुफा पर्दछ । पृथ्वी राजमार्गको खैरेनीटारबाट सात किलोमिटर दक्षिणमा रहेको भिमाद बजारको पश्चिमतर्फ बगेको जिदीखोलामा पुगेपछि मिर्दी–भिमाद मोटरमार्ग र सिद्ध गुफा मोटरमार्ग छुट्टिन्छ । जिदीखोलाको किनार हुँदै पश्चिम दिशातर्फ गएपछि भिमाद–९ धन्दुर मरुवा चौतारी पुगिन्छ । यहीँबाट सिद्धगुफा क्षेत्र आरम्भ हुन्छ । सिद्ध गुफाको चारैतिर वनजङ्गल क्षेत्र छ । यहाँको मनोरम दृश्यले जो कोही पर्यटक पनि लोभिन्छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुल निर्माण प्रभावित
बैशाख २३, २०८१ आइतबार
मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण
बैशाख २१, २०८१ शुक्रबार
नगरकोटमा पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न
बैशाख १७, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्वारा राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान
बैशाख २४, २०८१ सोमबार
डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी : विज्ञ
बैशाख २४, २०८१ सोमबार
ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबीच कर्जा सहजीकरण सम्झौता
बैशाख २४, २०८१ सोमबार
ललितपुर आगलागीमा घाइते भएका दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर
बैशाख २४, २०८१ सोमबार
डिभोर्स गर्न अदालत पुगेका श्रीमानद्वारा श्रीमती कुटिए
बैशाख २४, २०८१ सोमबार