सीटीईभीटीका अधिकारी सवार गाडी सुनकोसीमा खस्यो, दुई निर्देशक र एक अधिकृत बेपत्ता

नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १३:३६:११

१९ जेठ, सिन्धुली । काठमाडौंबाट खोटाङ जाँदै गरेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को जिप सुनकोशीमा खसेको छ । बा १ झ ७४६७ नम्बरको जिप मध्यपहाडी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनमा शुक्रबार मध्याह्न दुर्घटनामा परेको हो ।
शुक्रबार दिउँसो करिब साढे १२ बजेतिर गाडी सिन्धुलीको खुर्कोटस्थित नदीमा खसेको हो । गाडीका चालक पौडिएर खोलाबाहिर निस्किएका छन् । गाडीमा चारजना सवार थिए । त्यसमा सवार अरू व्यक्तिको अवस्था अज्ञात रहेको सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
जिपका ड्राइभर कृष्ण चौधरी झ्यालबाट हाम फालेर बच्न सफल भएको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले बताए । सीटीईभीटीका निर्देशकहरु कृष्ण केसी, यमप्रसाद भुर्तेल, प्राविधिक अधिकृत भानु पौडेल र ड्राइभर चौधरीसहित ४ जना जिपमा सवार थिए । उनीहरू काठमाडौंबाट खोटाङ जिल्लाका प्राविधिक शिक्षालयको अनुगमनमा जाँदै गरेको सीटीईभीटीले जनाएको छ ।
नदीमा बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभिटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाङमा डेङ्गु संक्रमणबाट पुरुषको मृत्यु
असोज १५, २०८० सोमबार
१८ महिना देखी हराएका बृद्धको शव झुन्डिएको अवस्थामा फेला
असोज १५, २०८० सोमबार
सिरहामा बस दुर्घटना हुँदा एकको मृत्यु, २६ जना घाइते
असोज १४, २०८० आइतबार
किन गरिन्छ १६ दिन श्राद्ध ? शास्त्रमा के भनिएको छ थाहा पाउनुस्
नेपालबहस संवाददाता
असोज १३, २०८० शनिबार
सर्वोच्च अदालतका ३ सय २८ कर्मचारीको सरुवा
असोज १५, २०८० सोमबार
क्यान्सरविरुद्धको खोप नौ हजार नौ सय ९९ किशोरीले लगाए
असोज १५, २०८० सोमबार
वैदेशिक रोजगार विभागद्वारा नक्कली कागजातमा जापान पठाउने १४ म्यानपावर निलम्बित
असोज १५, २०८० सोमबार
स्पार्क एड्भेन्चर सम्पन्न, कस्तो रह्यो त कलाकारहरूको अनुभव ?
असोज १५, २०८० सोमबार
सुन्दरता गुमाउँदै पोखरा
असोज १५, २०८० सोमबार