विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १३:३८:२
१९ जेठ, भरतपुर । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ । स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो ।
पहिलो चरणमा यस वर्ष कालिका वडा नं१० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ ।
यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भने, “यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं । पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष रु एक लाख बजेट विनियोजन गरिएको छ भने यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ”, आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिडालु पनि खुवाउने उनले बताए ।
विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताए । रैथाने वालीहरु लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उनको भनाइ थियो ।
विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन् । कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ । कतिपय बालबालिका भोकभोकै विद्यालय आउने गरेका छन्, प्राचार्य भट्टराईले भने, “खाजा खान पाइन्छ भन्ने आसले पनि बालबालिका विद्यालय आउँछन् तर खाजा खुवाउन सरकारले दिने रकम थोरै भएकाले यसलाई बढाउनसके अझै राम्रो खानेकुरा खुवाउन सकिन्थ्यो ।”
नियमित खाजाका लागि सरकारले दैनिक रु पन्ध्र दिने गरेको छ । त्यसबाट स्कुलले बालबालिकालाई जाउलो चिउरा तरकारी खुवाउने गरेको छ ।
कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष विनियोजित रु १० लाख बजेटबाट केही रकम विद्यालय खाजामा प्रयोग गरिएको बताए । रैथाने बालीमा पौष्टिकतत्व बढी हुने हुँदा बालबालिकालाई यो खाजा खुवाउनु लाभदायिक हुने उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविद्यार्थी घट्दै गएपछि विद्यालय समायोजन गर्दै पालिका
बैशाख १३, २०८१ बिहिबार
नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा
बैशाख १३, २०८१ बिहिबार
शिक्षकमाथि कारवाही गर्न मन्त्रालयले माग्यो निर्वाचन आयोगसँग दलको विवरण
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा हैदरावादमाथि आरसिबीको जित
बैशाख १४, २०८१ शुक्रबार
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै
बैशाख १४, २०८१ शुक्रबार
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने
बैशाख १४, २०८१ शुक्रबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १४, २०८१ शुक्रबार
कक्षा १२ को परीक्षा आजदेखि सुरु, तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार