गोताखोरकाे सहायतामा सुनकोशी नदीमा बेपत्ताहरुको खोजी कार्य जारी
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १६:४२:५८
१९ जेठ, काठमाडौं । सिन्धुलीस्थित सुनकोशी नदीमा शुक्रबार बिहान सरकारी नम्बर प्लेटको जीप खस्दा बेपत्ता भएका ३ जनाको खोजीका लागि प्रहरीले गोताखोर परिचालन गरेको छ ।
सिटिइभिटीको बा १ झ ७४६७ नम्बरको गाडी शुक्रबार बिहान करिब साढे ११ बजेतिर सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट गाडी सुनकोशी नदीमा खसेको थियो । जीप चालक दाङका कृष्ण चौधरी पौडिएर बच्न सफल भएपनि अन्य ३ जना भने बेपत्ता भएका छन् । बेपत्ता तीनै जना सिटिइभिटीका अधिकारीहरु रहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा तनहुँ भानु नगरपालिका–९ घर भइ सीटीईभीटीको सानोठिमीस्थित कार्यालयका प्रशासन शाखाका निर्देशक सहसचिव कृष्णबहादुर केसी, पूर्वीनवलपरासी प्रगति नगरपालिका–७ का घर भइ हाल योजना महाशाखाका निर्देशक यमप्रसाद घुर्तेल र इलाम फुयतया नगरपालिका–५ घर भइ हाल विद्युत् प्रशिक्षकका रुपमा कार्यरत भानु पौडेल छन्। उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर परचालन गरिएको हो । खोजी कार्य जारी रहेकाे सन्धुलीका प्रहरी नायब उपरीक्षक (एसपी) चिरञ्जीवी दाहालले बताए ।
खोजी कार्यमा सिन्धुली र रामेछाप प्रहरी जुटेका छन् । काठमाडौं सिनामंगलस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २० विपद् उद्धार उपत्यका गणबाट सशस्त्र प्रहरी नायब निरीक्षक कमान्डको ७ जना गोताखोर टोली खटिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
पुष २१, २०८१ आइतबार
काठमाडौंको अनामनगरस्थित धोबीखोलमा कार खस्यो
पुष २१, २०८१ आइतबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
एमाले केन्द्रीय समिति बैठक सुरू
पुष २३, २०८१ मंगलबार
कुखुरा फार्ममा आगलागी हुँदा धनमाल जलेर नष्ट
पुष २३, २०८१ मंगलबार
विश्वकै शक्तिशाली भवन हिम आँधीको चपेटामा [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
फिल्म 'गेम चेन्जर'को प्रि-रिलिजमा रामचरणका दुई फ्यानको मृत्यु
पुष २३, २०८१ मंगलबार
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार