लाभकरका विषयमा सहमति, खुल्यो शेयरबजार
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १२:३७:४८
२१ जेठ, काठमाडौं । आम लगानीकर्ता र सरकारबीच पुँजीगत लाभकरका विषयमा सहमति जुटेको छ । सरकारले आर्थिक विधेयक २०८०/८१ मार्फत घर, जग्गा तथा शेयर कारोबारको पुँजीगत करलाई अग्रिम करको रूपमा व्याख्या गरेको थियो । घर जग्गा लगायतलाई अग्रिम करको दायरामा ल्याए पनि पुँजीगतलाई भने सुरु करको रूपमा राख्नु नहुने लगानीकर्ताहरूले माग राख्दै आएका थिए ।
हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशतको पुँजीगत लाभकर नै अन्तिम कर मान्न लगानीकर्ताहरूले सरकारसँग माग गरेको थियो । यहीँ मुद्दालाई लिएर केहिँ दिनयता लगानीकर्ताहरू आन्दोलनमा उत्रिएका थिए । आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महत पुँजीगत लाभकर नै अन्तिम मान्न तयार भएका छन् । योसँगै अर्थ मन्त्रालयले ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम कर भएको स्विकार्दै विज्ञप्ति जारी गरेको छ ।
यता पुँजीगत लाभकरको मुद्दामा जबरजस्ती टीएमएस बन्द गराउँदै हिँडेका लगानीकर्ताहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । शेयर लगानीकर्ता र अर्थमन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।
सहमतिसँगै सेयर कारोबार खुलेको छ । शेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस खुला नगर्ने चेतावनी दिएर कारोबार बन्द गराई अर्थमन्त्रीसँग छलफलको लागि मन्त्रालयमा गएका थिए । अर्थमन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले छलफलपछि सूचना जारी गर्दै सेयर कारोबार गर्ने प्राकृतिक व्यक्तिले नियमाअनुसार दाखिला गरेको ५ र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्ति कर हुने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
मैतिदेवीको भगवती मन्दिरमा रंगिचंगी (फोटोफिचर)
असोज २१, २०८१ सोमबार
आजको मौसमः कतै हल्का वर्षा, कतै सफा
असोज २१, २०८१ सोमबार
यस्तो छ आजको अमेरिकी डलर र युरोको खरिद तथा बिक्री दर
असोज २१, २०८१ सोमबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार