निर्माण व्यवसायीले दिए भुक्तानीका लागि सरकारलाई अल्टिमेटम
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १५:२:४
२१ जेठ, काठमाडौं । निर्माण व्यवसायी महासंघले आन्दोलन घोषणा गरेको छ । निर्माण व्यवसायीहरुले निर्माण कार्य सम्पन्न गरेका देशभर विभिन्न निर्माण र आयोजनाको रकम पाउन नसकेको भन्दै उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् । निर्माण कार्य पूरा भएका आयोजनाको चुक्ता रकम पाउन उनीहरुले सरकारलाई असार ४ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर सरकारलाई यस्तो अल्टिमेटम दिएका हुन् ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रबि सिंहले काम पूरा भएका आयोजनाहरुको देशभरका निर्माण व्यवसायीहरुले अहिले ७० अर्ब रुपैयाँ भुक्तानी रोकिएको बताए । भुक्तानी पाउन नसक्दा व्यवसायीहरु आत्मदह गर्ने अवस्था पुगेको उनले बताए । उनले भुक्तानी रोकिँदा बैंकको ऋण तिर्न नसकेर बैंकिङ कसुरमा जेल जानुपर्ने अवस्था आएको उनको भनाइ छ । माइलस्टोन हटाउनुपर्ने महासंघको अर्को मुख्य माग छ ।
सरकारले असार ४ गतेभित्र भुक्तानी नगरे कानूनले रोक्का हुने र यसबाट अप्रिय अवस्था आउने महासंघको भनाइ छ । भुक्तानी नपाएकै कारण एलसी रोकिएर संकट देखा परेको बताए ।
पूरा भएका कामको मात्र भुक्तानी दिएमा सहमतिमै ठेक्का रद्द गर्न आफूहरु तयार रहेको समेत बताए । भुक्तानी नभए सम्पूर्ण निर्माण व्यवसायीहरु सडकमा निस्कने चेतानी दिए । उनले गत वर्ष असार २० मा सार्वजनिक खरिदसम्बन्धी नियम संशोधन गरेर भुक्तानी दिने भनिएको तर आफूहरुले अहिलेसम्म रकम पाउन सकेको महासंघले जनायो ।
नेपाल आयल निगमको पेट्रोल मूल्य ७० रुपैयाँ हुँदा भएका चार÷पाँच वर्षका लागि ठेक्का भएका आयोजना अहिले १७५ रुपैयाँ प्रतिलिटर पेट्रोल हुँदा पनि काम गरिरहनु परेको भन्दै मूल्य समायोजन गर्नुपर्ने उनीहरुले माग गरे । ठेक्काको म्याद थप ठेकेदार कम्पनीकै कारण नभएको, बरु सरकारले समयमा भुक्तानी नदिएकै कारण समस्या भएको बताए ।
माग पूरा नगरे आफूहरुले निर्माणको लाइसेन्स सरकारलाई बुझाउने बताए । उनले सरकारले निर्माण सुरु गरेको काठमाडौं–तराई फाष्ट ट्याकको पटकपटक म्याद थप गरेर २०८३ सम्म पुर्याइएको भन्दै आक्रोश व्यक्त गरे । समृद्धका संवाहक मानिने निर्माण व्यवसायीमाथि सरकारले अन्याय गरेको बताए ।
निर्दयी रहेको महासंघका सल्लाहकारले सरकारी कर्मचारी निर्माण व्यवसायीहरुप्रति असहयोगी र निर्दयी बनेको बताए । असहयोगकै कारण मुलुकभर ३ हजार उद्योग रुग्ण अवस्थामा रहेको बताए । सरकारको गलत नीतिकै कारण सयौं निर्माण व्यवसायी असार मसान्तपछि कालोसूचीमा पर्ने र अप्रिय अवस्था आउने खतरा बढेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजेट अभावमा जनजाति सङ्ग्रहालय अधुरै
जेठ ३, २०८१ बिहिबार
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा
जेठ १, २०८१ मंगलबार
स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार
बैशाख ३०, २०८१ आइतबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
ऐतिहासिक स्थल पञ्चदेवल
जेठ ४, २०८१ शुक्रबार
जानकी मन्दिरमा भक्तजनहरूको भिड
जेठ ४, २०८१ शुक्रबार
बालबालिकाको सिकाइका क्रममा देखापर्ने कठिनाइ ‘डिस्लेक्सिया रोग होइन, अवस्था हो’
जेठ ४, २०८१ शुक्रबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार