नक्कली भुटानी शरणार्थी मुद्दामा अभियुक्तका वकिलले जेठ ३० भित्र बहस सक्नुपर्ने
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १६:१५:४
२१ जेठ, काठमाडौं । आइतबारबाट काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्याँ न्याैपानेको इजलासमा सुरु भएको थुनछेक बहसमा मुद्दाका वादी अर्थात सरकारी वकिलको तर्फबाट बहस सुरु भएको छ । आज जिल्ला सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता महेश खत्रीले बहस गरेका छन् । अन्य वकिलहरु जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, शेरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरेले बहस गर्नेछन् ।
न्यायाधीश न्यौपनेले थुनछेक बहसमा जेठ ३१ गते आदेश आउने गरी समय विभाजन गरेका छन् । जसअनुसार आज, भोलि र पर्सि मंगलबारसम्म सरकारी वकिलले बहस गर्नेछन् । यसपछि बुधबारदेखि अर्को मंगलबार अर्थात जेठ ३० गतेसम्म ६ दिन प्रतिवादीतर्फका वकिलले बहस गर्ने तालिका निर्धारण गरिएको छ । प्रतिवादीको बहस सकेपछि जेठ ३१ गते बुधबार सरकारी वकिलले जवाफी बहस सक्नुपर्नेछ । जवाफी बहस सकिएपछि त्यही दिन आदेश आउनेछ । बहसका क्रममा इजलासमा संचारकर्मीलाई प्रवेश निषेध गरिएको छ ।
थुनछेक बहसका लागि पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री समेत रहेका एमालेका सांसद टोपबहादुर रायमाझीसहित १८ अभियुक्तलाई प्रहरीले काठमाडौंका विभिन्न हिरासतमा राखिएका १८ जनालाई अदालतमा उपस्थित गराएको छ । मुद्दाका ३० प्रतिवादीमध्ये १२ जना फरार छन् । उनीहरुको खोजीका लागि प्रहरीले इन्टरपोलमा सूचना राख्ने तयारी गरेको छ ।
उनीहरुविरुद्ध ठगी, संगठित अपराध, सरकारी लिखत कीर्ते र राज्यविरुद्ध कसुर गरी ४ वटा मुद्दा चलाइएको छ । साथै नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने भनी झुक्याएर संगठित रुपमा ठगी गरेको अभियोगसहित २८ करोड रुपैयाँभन्दा बढी बिगो र उतिनै रकम जरिवाना र सजायको माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार