सरकार र लगानीकर्ताबीच सहमति भएपछि शेयरबजारमा उत्साह
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:७:३५
२१ जेठ, काठमाडौं । सरकार र लगानीकर्ताबीच सहमति भएपछि शेयरबजारमा उत्साह छाएको छ । आइतबार नेप्से सूचक ५३।०३ अंकले बढेर १९१९.३७ विन्दुमा आइपुगेको छ । १ अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ३ कम्पनी सकारात्मक सर्किटको लेबलमा कारोबार भएको छ ।
यसअघि करका विषयमा अन्योलता बढ्दा बजार ३ दिनमै बेस्सरी प्रभावित भएको थियो । आइतबार अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हालख कायम ५प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारे । त्यतिमात्र होइन, यसमा अर्थ मन्त्रालयले लिखित विज्ञप्ति नै जारी गरेको छ ।
यस्तै, अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच हस्तक्षरसमेत भएको छ। यही खबर बाहिर आएपछि शेयरबजारमा रौनकता छाएको हो । अब सरकारले विद्यमान पुँजीगत लाभकरका दरलाई नै अन्तिम कर मान्नेछ । सरकारसँग सहमति हुनुअघि लगानीकर्ताले ५० वटै ब्रोकर कार्यालय बन्द गराएका थिए । शेयर कारोबार पनि ठप्पप्रायः बनेको थियो ।
यस दिन २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर बढेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : अध्यक्ष श्रेष्ठ
मंसिर २६, २०८१ बुधबार
नेप्सेमा गिरावट कायमै, कारोबार रकम साढे पाँच अर्बमा खुम्चियो
मंसिर २४, २०८१ सोमबार
दक्षिण कोरियाको राजनीतिक उथलपुथललाई वेवास्था गर्दै बिटक्वाइनको एक लाख डलरको शेयर कारोबार
मंसिर २०, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
नेपालबहस संवाददाता
पुष १८, २०८१ बिहिबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
‘संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ’
पुष १९, २०८१ शुक्रबार
‘आधारभूत तहको शिक्षामा लगानी वृद्धि आवश्यक’
पुष १९, २०८१ शुक्रबार
गाजामा इजरायली हमलामा कम्तीमा ३० जनाको मृत्यु, स्थगित युद्धविराम वार्ता पुनः सुरु हुने
पुष १९, २०८१ शुक्रबार
सुदूरपश्चिमका स्थानीय तहका प्रमुख र प्रदेश सरकारबीच अन्तरक्रिया
पुष १९, २०८१ शुक्रबार
घरघरमा शुद्ध खानेपानीसहितको नलको व्यवस्था गरिने
पुष १९, २०८१ शुक्रबार
‘स्वास्थ्य बिमा रकम पाँच लाख पुर्याउन स्रोत खोज्दै’
पुष १९, २०८१ शुक्रबार