नागरिकता विधेयक प्रमाणिकरणविरुद्धको मुद्दामा सर्वोच्चद्वारा अल्पकालीन आदेश
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १७:२९:३०
२१ जेठ, काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरणविरुद्धको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ । अन्तरिम आदेशका लागि मुद्दाका दुवै पक्षलाई छलफलमा बोलाउने आदेश भएको छ । न्यायाधीश मनोकुमार शर्माको एकल इजलासले आइतबार मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।
आदेशसँगै जेठ १७ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणिकरण भई जेठ १९ मा राजपत्रमा प्रकाशितपछि ऐनको रुपमा लिएका सरकारलाई ऐन कार्यान्वन गर्न रोक लागेको छ ।
रिटका विपक्षी राष्टपति कार्यालयको नाममा कारण देखाउ आदेश जारी भएको छ । साथै रिटनिवेदकको माग बमोजिम अन्तरिम आदेश जारी हुने वा नहुनेबारे टुंगो लगाउन छलफलमा पनि समेत बोलाएको छ ।
प्रमाणिकरण कार्य संविधान विपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, बालकृष्ण न्यौपानेसमेतले प्रमाणिकरण बदरको माग गर्दै शुक्रबार रिट दायर गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूर्यदर्शन सहकारी बचत अपचलन: रवि लामिछानेसहित प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २४, २०८१ बुधबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार
तराईमा हुस्सु, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना
पुष २५, २०८१ बिहिबार
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
पुष २५, २०८१ बिहिबार