‘भैंसी’ शब्दावलीका कारण संसदमा लफडा, ‘भैंसी चढेर’ भन्ने शब्दावली संसद रेकर्डबाट हटाइयाे
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १३:३९:४
२२ जेठ, काठमाडौं । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षीका सांसदहरुले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे जवाफ माग्ने क्रममा गरिएका ‘भैंसी’ शब्दावलीका कारण बैठकमा लफडा भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले भारत भ्रमण पूरा गरेर प्रधानमन्त्री प्रचण्ड सीमा समस्या समाधान गर्नुको सट्टा ‘भैंसी चढेर स्वदेश फर्किएकाे’ बताएपछि संसद बैठकमा सत्ता पक्षका सांसदहरुले नियामपति जनाएपछि लफडा सुरु भएको हो ।
सत्ता पक्षका माओवादी केन्द्रका संसदीय दलका नेता हितराज पाण्डेले खनालले उच्चारण गरेका भैंसी’ शब्दावली संसदको रेकर्डबाट हटाउन माग गरेपछि प्रमुम प्रतिपक्षी एमाले र रास्वपाका संसदीय दलका नेता रवि लामिछानेले खनालले बोलेका शब्दावली हटाउँदा प्रधानमन्त्री प्रचण्डले रोष्ट्रमबाट बालेका शब्दावली हटाउनुपर्ने माग गरे । कुर्सीबाट उनीहरूले उठेर बैठक अवरोध पारेका थिए ।
नेता लामिछानेले प्रधानमन्त्रीबाटै रोष्ट्रममा उच्चारण गरेका कारण दृष्टान्तका रुपमा उच्चारण गरिएको भन्दै खनालको भनाइमात्र रेकर्डबाट हटाउने कुरा अमान्य हुने बताए । सो पछि सभामुख देवराज घिमिरेले संसदको रेकर्डबाट जसले बोलेका भएपनि ‘भैंसी चढेर’ भन्ने शब्द हटाउन संसद सचिवालयलाई निर्देशन दिएका छन् ।
निर्देशनपछि अहिले बैठक सुचारु भएको छ ।
सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुको जुहारीका कारण करिब २० मिनेटजति बैठक होहल्लामै बितेको थियो । अहिले सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउने क्रम चलिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभ्रेमा सुरु भयो कांग्रेसको सयदिने अभियान
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
जाडो छल्न आएका चखेवा
मंसिर १३, २०८१ बिहिबार
उद्योगमा जोडिएको लाइन काट्न नपाएपछि उद्योगीका घरतिर लागे कुलमान, आयोगसँग मागे अनुमति
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
क्षतिग्रस्त पुल मर्मतपछि नियमित सञ्चालनमा
मंसिर १३, २०८१ बिहिबार
एक कप चियाको एक लाख !
मंसिर १३, २०८१ बिहिबार