बैजु बावरामा शेयर पारिश्रमिकमा काम गर्दै रणवीर
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १३:५२:३
२२ जेठ, मुम्बई । ‘गोलिया कि रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्यमावत’ जस्ता सफल फिल्ममा सहकार्य गरेका निर्देशक सञ्यलीला भन्साली र अभिनेता रणवीर सिंह नयाँ म्यूजिक एपिक फिल्म ‘बैजु बावरा’मा चौथो सहकार्य गर्दैछन् । फिल्म आगामी २०२४ को जनवरीमा फ्लोरमा जाने तयारीमा छ । फिल्ममा रणवीरको अपोजिटमा आलिया हुनेछिन् ।
फिल्मका लागि रणवीरले पारिश्रमिकको सट्टा निर्देशक भन्सालीसँग नाफा बाँडफाँटको सम्झौता गरेका छन् । ‘फिल्मलाई आफ्नो दाउभन्दा माथि राख्न र निर्देशक भन्सालीजस्तो मास्टरसँग जुनसुकै हदसम्मको काम गर्न रणवीर तयार छन् । रणवीर फिल्मबाट पारिश्रमिकका रुपमा टोकन रकम लिने र बाँकी फिल्मका लागि रिजर्भ गर्नेमा सहमत छन्’, फिल्म निकट स्रोतले भन्यो ।
भन्साली आफूले मनले चाहेको खर्च गर्न सबै पैसा लगानी गर्दैछन् । ‘महामारी पछिको समयमा व्यावसायिक गतिशिलता परिवर्तन भएको छ । जहाँ निर्मातहरुले सबै पैसा अभिनेता र अभिनेत्रीको शुल्कका रुपमा राखेका छैनन् । यदि बैजु वावरा सफल भयो भने रणवीरले आफ्नो बजार मुल्य पाउनेछन्’, स्रोतले भनेको छ । फिल्ममा जयन्ती लाल गाडाको लगानी रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
अभिताभ बच्चनलाई लता दीनानाथ मंगेशकर अवार्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
सत्ता समीकरणः एमालेको साथ माओवादीलाई गलपासो, समाजवादी मोर्चाप्रति ओली संकिर्ण
बैशाख १३, २०८१ बिहिबार
सुदूरपश्चिम प्रदेशमा आयातित औलोका बिरामी बढी
बैशाख १४, २०८१ शुक्रबार
२८ जना सहसचिवको एकैपटक अन्तरमन्त्रालय सरुवा
बैशाख १४, २०८१ शुक्रबार
'डर्टी पिक्चर’ पछि विद्या बालनलाई चुरोटको लत
बैशाख १४, २०८१ शुक्रबार
क्यानडा पठाइदिन्छु भन्दै दुबई पुर्याएर मानव बेचबिखन गर्ने युवक पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार