भारत भ्रमणबाट फर्किएका प्रधानमन्त्रीलाई संसदमा प्रश्नः ‘के नेपालको भूमि बेचिएको हो कि हाेइन ?’
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १४:१०:३४
२१ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष एवं सांसद चित्रबहादुर केसीले देशका अंगिकृत नागरिकता प्रमाणपत्र पाएका बाबुआमाका सन्तानलाई वंशजको नागरिकता दिन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले जेठ १७ मा राष्ट्रपति राचन्द्र पौडेलबाट प्रमाणिकरण भई १९ गते नेपाल राजपत्रमा प्रकाशित भई बनेको संशोधित नागकिता ऐनमा राखिएको अंगिकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था राष्ट्रघाती भएको बताए ।
अंगिकृत नागरिकका सन्तानलाई अंगिकृत नागरिकता मात्र दिनुपर्ने उनको भनाइ छ । अंगिकृत नागरिकका सन्तानलाई वंशज नागरिक दिँदा नेपालका तराई क्षेत्रमा रहेका लाखौं भारतीय नागरिकले पुस्तौंदेखिका नेपालीसरह वंशज नागरिक लिने बाटो खुल्ने विस्तारै जनसंख्यिक आधारमा नेपाललाई सिक्किमीकरण हुन सक्ने उनको भनाइ थियो । अंगिकृत नागरिकका सन्तानलाई वंशज नागरिकता दिने विषयमा आफूलाई अस्वीकार्य हुने उनले बताए ।
भारतको ४ दिने औपचारिक भ्रमण सकेर शनिबार मात्र नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डलाई आजको संसद बैठकमा बोल्ने सांसदहरुले ‘के नेपाली भूमि बेचेर आउनु भएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।
यस्तै, राप्रपाकी सांसद रोशन कार्कीले ‘नेपाली भूमि कपिलवस्तु र लुम्बिनी भारतसँग साट्नुभएको हो ?’ प्रश्न गरिन् । सांसद सूर्यकुमारीले नेपालको नवलपरासीको सुस्ता भारतीय नक्सामा परेको भन्दै यसबारे भारत भ्रमणमा कुरा उठाइएको हो कि होइन ? भन्दै प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरिन् ।
प्रधानमन्त्री प्रचण्डले जवाफ दिन बाँकी छ । जवाफ आजै दिने कार्यक्रम छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार
प्रि-ओपन सेसनमा नेप्से १३.६५ अंकले बढ्यो
पुष २३, २०८१ मंगलबार