संसदमा प्रधानमन्त्रीले उत्तर दिने क्रममा नै प्रतिपक्षले जनायो विरोध
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १५:२:५०
२२ जेठ, काठमाडौं । नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा प्रतिपक्षले हंगामा गरेको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ दिँदा दिँदै एमाले सांसदले विरोध गरेका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसिसमा राख्ने काम भएको बताएपछि एमालेका सांसदले विरोध गरेका हुन् ।
‘हाम्रो संविधानअनुसार सरकार, सदन, यी सबै संस्थाहरू अविछिन्न उत्तराधिकारवाला संस्थाहरू हुन् । के कुनै सांसदहरूलाई यसबारे प्रश्न र शङ्का छ र ?’, प्रचण्डले भने, ‘एउटा सरकारले, नेपाल सरकारले गरेको निर्णय अर्को सरकारले सिधै मान्दिनौ भनेर पाउँदैन ।’
प्रतिनिधिसभा या सदन पनि अविछिन्न उत्तराधिकारवाला संस्था भएको प्रचण्डको भनाइ छ । एउटा संसदले पारित गरेको विषयलाई अर्को संसदले अन्यथा बाहेक मान्दिनँ भन्न नमिल्ने र नपाउने बताए ।
उनले मिचिएको संविधानलाई ट्रयाकमा ल्याउने सबैभन्दा संवैधानिक उपाय एउटा राष्ट्रपतिले संविधानको पालना गर्नुपर्ने दायित्व पुरा नगरेर होल्डमा राखेपछि समस्या भएको बताए ।
त्यस विधेयकलाई फेरि सदनमा ल्याउने भनेको संसदकै अपमान भएको प्रचण्डले बताए । त्यसपछि एमालेले विरोध सुरु गरेको थियो । त्यसपछि एमालेले विरोध सुरु गरेको थियो । त्यसपछि होहल्ला सुरु हुँदै संसदमा अवरुद्ध बन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज तीनवटा संसदीय समितिका बैठक बस्दै
पुष २३, २०८१ मंगलबार
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
पुष २३, २०८१ मंगलबार
नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि बस्दै
पुष २३, २०८१ मंगलबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
नेपालबहस संवाददाता
पुष २०, २०८१ शनिबार
आन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
नेपालबहस संवाददाता
पुष २२, २०८१ सोमबार
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्रीको आग्रह
पुष २३, २०८१ मंगलबार
नेपालमा अहिलेसम्म क्षतिको विवरण आएको छैन, भूकम्प ७ म्याग्निच्युडको होकि ६.८ को ?
पुष २३, २०८१ मंगलबार
जिल्ला व्यापी कराँते प्रतियोगिताको उपाधि नगदेश डोजोलाई
पुष २३, २०८१ मंगलबार
माघे संक्रान्तिका लागि चाकु बनाउन भ्याइनभ्याइ [ फोटो फिचर ]
पुष २३, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी बार अध्यक्षको मुद्दामा आज सुनुवाई, एक नम्बरमै चढ्यो पेशी
पुष २३, २०८१ मंगलबार
भूकम्पको धक्कापछि सडकमा जम्मा भएका बालबालिका
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुग्यो, हजारभन्दा धेरै घरमा क्षति
पुष २३, २०८१ मंगलबार
‘पर्यटक बसपार्क’ निर्माण गर्न माग
पुष २३, २०८१ मंगलबार