आगामी साता दुई चलचित्र प्रदर्शन हुने
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १५:१६:३३
२२ जेठ, काठमाडौं । आगामी साता दुई नेपाली चलचित्र प्रदर्शनमा आउने भएका छन् । चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन हुने तय भएको छ ।
हाल नेपाली चलचित्र ‘जारी’ र ‘डाकिनी’ प्रदर्शन भइरहेका छन् । ‘डाकिनी’ सीमित चलचित्र भवनमा प्रदर्शन भइरहेको छ । बौद्धग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का गतिविधि सुनिने दन्त्यकथाका आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ ।
बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको सो चलचित्रमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको छ । छिरिङ तासी, तेञ्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतको यसमा अभिनय रहेको छ ।
यस्तै, चलचित्र ‘जारी’ले प्रदर्शनको ५१ दिन पार गरेको छ । यस वर्षको यो पहिलो व्यावसायिक र सफल चलचित्र बनेको छ । कवि उपेन्द्र सुब्बा पटकथाकार हुँदै यसै चलचित्रमार्फत निर्देशक बनेको छ ।
लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी प्रस्तुत गरिएको सो चलचित्रमा पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पति–पत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोह–अवरोहलाई प्रस्तुत गरिएको छ । चलचित्र नाम्साङ (दयाहाङ राई) र हाङ्मा (मिरुना मगर) मा केन्द्रीत छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरर कमेडी फिल्म ‘फिरफिरे फिरिरी’ को ट्रेलर सार्वजनिक
पुष २३, २०८१ मंगलबार
लघु चलचित्र ‘एक जोर जुत्ता’ निर्माण, विद्यार्थीहरुको लागि प्रदर्शन गरिने
पुष २३, २०८१ मंगलबार
किम्फ चलचित्र महोत्सव दमकमा हुने
पुष २१, २०८१ आइतबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार