प्रधानमन्त्रीको भारत भ्रमण ज्यादै फितलो र मर्यादाहीन भयोः ओली
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १६:१८:१४
२२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा प्रोटोकोलको उल्लंघन भएको बताएका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा छोरी गंगा दाहाललाई सहभागी गराइएकोप्रति प्रश्न उठाउँदै प्रोटोकला नमिलेको बताएका छन् ।
सोमबार संसद्मा बोल्दै ओलीले भने, प्रोटोकल भएन । तरिका पनि मिलेन । को कता छ थाहा छैन । प्रधानमन्त्रीको छेउमा छोरी राख्नुभएको छ । परराष्ट्रमन्त्री छैन, परराष्ट्र सचिव छैन, चिफ अफ प्रोटोकल छैन । परिवारको सदस्य राख्नुभएको छ । उनले प्रधानमन्त्रीले उच्च सरकारी अधिकारीको सट्टा आफ्नो परिवारको सदस्यलाई सहभागी गराइएको बताए ।
ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमण फितलो रहेको भन्दै उनले आलोचना गरे । प्रधानमन्त्री प्रचण्डले भारतीय अधिकारीहरूसँगको भेटका क्रममा परराष्ट्रमन्त्रीलगायतका मन्त्रीहरूलाई सँगै नराखी प्रमुख स्वकीय सचिव छोरीलाई राखेको भन्दै ओलीले आलोचना गरेका हुन् ।
’उहाँले परिवारको सदस्य राख्नुभयो । परराष्ट्रमन्त्री कहाँ छन्, अर्थमन्त्री कहाँ छन् ? अरु मन्त्रीहरू कहाँ छन् ? फर्स्ट लेडी भनेको स्पउस (श्रीमान÷श्रीमति) नै हो । परिवारका अन्य सदस्य हैनन् । प्रधानमन्त्रीले मर्यादा राख्नुभएन । प्रोटोकल मिलेन,’ एमाले अध्यक्ष ओलीले भने । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुराको सट्टा बंगलादेश पुग्ने बाटोसँग साट्नुपर्ने भनेको भन्दै ओलीले आलोचना गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार