अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा युवक पक्राउ
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १६:३५:४५
२२ जेठ, काठमाडौं । अनलाइन माध्यमबाट यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको तिला गाउँपालिका–९ रासा घर भइ भक्तपुरको दुवाकोटमोडमा बस्ने २३ वर्षीय दिनेशकुमार राउत रहेका प्रहरीले जनाएको छ ।
राउतले टिकटकमार्फत साथी बनेर एक जना युवतीसँग फेसबुक म्यासेञ्जर, ह्वाट्स एप तथा इमोमा पनि साथी बनेको र अनलाइनबाट यौनजन्य दुर्व्यवहार गरेर त्यसको भिडियो रेकर्ड गरी ब्ल्याक मेलिङ गरेको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो ।
उजुरीको आधारमा गरिएको प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गरी थप अनुसन्धानका लागि राउतलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।
आरोपी राउतलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा छानबिन गर्न जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार