अर्थमन्त्रीबाट पहुँचको आधारमा बजेट वितरण हुने काम नहोस् : सांसद गैरे
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १७:४३:५२
२२ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुर गैरले सरकारले पहुँचको आधारमा बजेट वितरण गरेको भन्दै आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी ‘आगामी आर्थिक वर्ष २०८०/८१ को अनुमानित राजश्व तथा व्ययसम्बन्धी प्रस्ताव’माथिको छलफलमा भाग लिँदै सांसद गैरेले यस्तो बताएका हुन् ।
उनले अर्थमन्त्री महतमाथि आफ्नो जिल्ला नुवाकोटमा व्यापक मात्रामा बजेट छुट्याइएको आफूले सुनेको भन्दै रहेक जिल्ला र जनतामाथि समान व्यवहार गर्न आग्रह गरे । ‘अर्थमन्त्रीबाट आफ्ना मान्छे र जिल्लामा मात्र बजेटको ४० प्रतिशत हिस्सा वितरण गर्ने काम भइरहेको सुनेँ’ उनले भने, ‘तर अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछु, यस्तो नहोस्, मैले सुनेको कुरा गलत सावित होस् ।’
सरकारले आगामी आव २०८०÷८१ का लागि ल्याएको बजेट आवश्यकता भन्दा भावना र बरालिएको चरित्रमा आएको टिप्पणी उनले गरे । व्यापार घाटा कम गर्ने कुनै योजना नभएको र बजेटले गरिब र असल किसानको हितमा नभएको उनको तर्क थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्माण व्यवसायीको २२ अर्ब बढी भुक्तानी, ६ अर्ब भुक्तानी हुन बाँकी
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
पुष २७, २०८१ शनिबार
काठमाडौंको टुँडिखेलमा थारू समुदायले दुई दिन माघी महोत्सव मनाउने
पुष २७, २०८१ शनिबार
पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छ : स्वास्थ्यमन्त्री पौडेल
पुष २७, २०८१ शनिबार
आर्थिक रूपमा परनिर्भर बन्दै गएको अवस्थामा पृथ्वीनारायण शाहलाई कसरी सम्झने ?
पुष २७, २०८१ शनिबार
जर्मनीमा पहिलो पटक अत्यधिक भाइरल सङ्क्रमण पुष्टि
पुष २७, २०८१ शनिबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार