कोशी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र
राजीनामा बुझाउँदै माओवादी केन्द्र मन्त्री
नेपालबहस संवाददाता
जेठ २३, २०८० मंगलबार १२:५९:३६
२३ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेश सरकारबाट बारिएको छ । कोशी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिँद आएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
कोशी प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालयको आज बसेको बैठकले एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।
सोही अनुसार माओवादी केन्द्र संसदीय दलले आफ्ना मन्त्रीलाई राजीनामा बुझाउन निर्देशन दिइसकेको पार्टीका कोशी प्रदेश कार्यालय जनाएको छ ।
प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईं भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । प्रदेशमा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठनका लागि पहल गर्न सहमति पनि बनाइएको छ । संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो छन् । तथापि कांग्रेसले पनि सरकारको नेतृत्व दाबी गर्दै आइरहेको छ ।
केन्द्र सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रलाई केन्द्रको गठबन्धनअनुसार कोशीमा सरकार गठन हुनुपर्ने माग नेपाली कांग्रेसले राख्दै आइरहेको छ । कांग्रेसका आग्रहमा गठबन्धनका एक घटक जसपाले यसअघि नै कोशी सरकारबाट बाहिर आइसकेको छ । उसले सरकारमा रहेका एक मन्त्रीलाई फिर्ता ल्याइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअज्ञात समूहले माचमा आगो लगाएपछि बेलबारीका किसान आतङ्कित
जेठ ८, २०८१ मंगलबार
सङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
बुद्ध जयन्तीको अवसरमा भारतीय राजदूतावासद्धारा विविध कार्यक्रम आयोजना
जेठ ९, २०८१ बुधबार
सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौं : प्रधानमन्त्री
जेठ ९, २०८१ बुधबार
घोडाघोडीमा चरा उत्सव तथा तस्बिर प्रदर्शनी
जेठ ९, २०८१ बुधबार
गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्छ : राप्रपा
जेठ ९, २०८१ बुधबार