घोराही सिमेन्टले प्रिमियममा आईपीओ निष्काशन गर्ने
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार ११:७:५९
२४ जेठ, काठमाडौं । घोराही सिमेन्टले ३२ जेठदेखि सर्वसाधारणको लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको हो ।
यसले १ सयअंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आईपीओ निष्काशन गर्न लागेको हो । यस कम्पनीले ४३५ रुपैयाँ दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ सर्वासाधारणको लागि निष्कासन गर्न लागेको हो ।
यसअघि यस कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि पनि सेयर बाँडफाँट गरी बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।
यसमा ४ असारसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आईपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ । घोराहीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।
लगानीकर्ताले सी आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । केयर नेपालले घोराही सिमेन्ट आईपीओलाई केयर एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम रहेको संकेत गर्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदाउन्ने ‘एग्रो फार्म’ १० करोडको ‘शेयर’ जारी गर्दै
पुष १९, २०८१ शुक्रबार
फरवार्ड माइक्रोफाइनान्सको साधारण सभाद्वारा बोनस शेयर वितरणको प्रस्ताव पारित
मंसिर ३०, २०८१ आइतबार
कुमारी क्यापिटल र भारतको ध्रुव क्यापिटल सर्भिसेजबीच सहकार्य गर्ने सम्झौता
मंसिर २८, २०८१ शुक्रबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार