राजमार्गमा ५ किलोमिटरको दूरीमा सीसी क्यामेरा राख्न वामदेवको सुझाव
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १५:५:३
२४ जेठ, काठमाडौं । राष्ट्रियसभा सदस्य (सांसद) वामदेव गौतमले मुलुकका हरेका राजमार्गमा ५ किलोमिटरको दूरीमा सीसी क्यामेरा राख्न बजेटको व्यवस्था गर्न माग गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफलमा भाग लिँदै बुधबार राष्ट्रियसभाको बैठकमा सांसद गौतमले सडकको दूरावस्थाका कारण दुर्घटनामा दैनिक रुपमा दर्जन संख्यामा नागरिकको ज्यान गइरहेको भन्दै सडकको अवस्था सुधार गर्न पर्याप्त बजेट विनियोजन गर्न माग गरे ।
प्रविधिको गिरानी बढाउन सके लापरवाही तरिकाले चवारी चलाउने अवस्थामा कमी आउने र दुर्घटनाका सूचना छिटो पाउन सकिने उनको भनाइ छ । गलत मानिसले निर्वाध रुपमा यात्रा गरिने क्रम समेत रोकिने उनले बताए ।
बजेट कृषि र शिक्षा क्षेत्रमा उल्लेख्य मात्रामा विनियोजन गरिएपनि सडक पूर्वाधारमा अपुग रहेको बताए ।
रपर्दो सडक हुँदा किसानले बाह्रै महिना आफ्नो सामान बजारसम्म र बजारबाट आवश्यक सामान घरसम्म लैजान सकिने भन्दै यसमा सरकारको गम्भीर रुपमा ध्यान जान आवश्यक रहेको बताए ।
बजेटले देशलाई आत्मनिर्भर र व्यापार घाटालाई कम गराउन केन्द्रित हुनेपर्ने उनको भनाइ छ । सत्ता र राजीतिक पहुँचका आधारमा कुनै जिल्लाविशेषमा बजेट थुपार्ने काम भए जनताले नसहने उनले बताए ।
साथै उनले मुलुकमा विदेशबाट खाद्य सामाग्री ल्याउन बन्देज लगाउनुपर्ने बताए । गाैतमले भने, ‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण र औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ ।’
नेपालमा रहेकाे २६ लाख हेक्टर कृषियोग्य भूमिमा बाह्रै महिना खेती गरेर १० लाख नागरिकलाई राेजगारी दिएर खाद्यन्न आयात राेक्न सकिने बताए ।
कृषिलाई लगातार ५ वर्षसम्म पहिलो प्राथमिकतामा राखेर काम गर्दा ३० लाख भन्दा बढीले रोजगारी पाउने र अर्को ५ वर्षसम्म पहिलो प्राथमिकतामा राख्ने हो भने विदेशमा रोजगारी गर्ने सबै नेपालीलाई स्वदेशमै रोजगारी दिन सकिने गौतमले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपिहिमाल गाउँपालिकाको विकासमा पहल गर्छु : अध्यक्ष प्रचण्ड
पुष २४, २०८१ बुधबार
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन इजरायललाई परराष्ट्रमन्त्रीको आग्रह
पुष २४, २०८१ बुधबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार
पर्वतबाट बहुमूल्य जडीबुटीको चोरीनिकासी बढ्दो
पुष २४, २०८१ बुधबार