संसदमा दिइने अभिव्यक्तिको परीक्षण गर्न पोलिग्राफ मेशिन राखाैं : महासेठ
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १७:२:३७
२४ जेठ, काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद रघुवीर महासेठले संसदमा झुट बोले नबोलेको पत्ता लगाउन पोलिग्राफ परीक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रतिनिधि सभामा बजेटमाथि छलफलको क्रममा पूर्वमन्त्री समेत रहेका सांसद महासेठले प्रधानमन्त्रीको भारत भ्रमणपछिको संसदमा कसको भनाइ सत्य र कसको झुट भन्ने छुट्याउन कठिन भएकाले साँचो कुरा पत्ता लगाउन संसदमै पोलिग्राफ परीक्षणको व्यवस्था हुनुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डको हालै भएको भारतको ४ दिने औपचारिक भ्रमणमा भएको सम्झौताका विषयलाई लिएर सत्ता पक्ष र प्रतिपक्षी दलका सांसदहरुबीत जुहारी नै चलेको थियो । भ्रमणबारे संसदमा जानकारी दिने क्रममा प्रधानमन्त्रीले झुट बोलेको भन्दै एमाले लगायत प्रतिपक्षी दलका सांसदहरुले पटकपटक बैठक अवरुद्ध पारेका थिए । उनीहरुले प्रधानमन्त्रीले भारतमा रहँदा र नेपाल फर्किएपछि फरकफरक अभिव्यक्ति दिएको दाबी उनीहरुले गरेका छन् ।
बजेटमाथिको छलफलमा महासेठले वीरगञ्ज–काठमाडौँ र रसुवा–काठमाडौं रेलमार्गको डिपिआर ढिला हुनुमा सरकार जिम्मेवार रहेको बताए । उनले सरकारले बजेटमा सुनकोसी मरिण, भेरी बबई र रानी जमरालगायत सिँचाइ आयोजनाको कामलाई प्राथमिकतामा नराखेको भन्दै आक्रोश पोखे ।
छलफलका क्रममा प्रतिपक्षी दलका सांसदहरुले बजेट र सरकारको चर्को आलोचना गरेका छन् भने सत्ता पक्षका सांसदहरुले बजेटमा देश र जनताको आकांक्षा समेटएिको भन्दै समर्थन गरेका छन् । सरकारकाे बचाउ गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
वामपन्थी शक्तिलाई एकै स्थानमा ल्याउने प्रयास जारी छः माधव नेपाल
पुष २७, २०८१ शनिबार
आर्थिक संकट मोचनको लागि सात बुँदे सहमति : उपसभापति गुरुङ
पुष २७, २०८१ शनिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
भृकुटीमण्डपमा राप्रपाको जलपान समारोह, शीर्ष नेताहरू को को पुगे ?
पुष २७, २०८१ शनिबार
अमेरिकामा आँधीका कारण तीन हजार भन्दा बढी उडानहरू रद्द
पुष २७, २०८१ शनिबार
पश्चिम नेपालबाट पुनः मौसम बदली : कतै हिमपात, कतै वर्षाको सम्भावना
पुष २७, २०८१ शनिबार
सरकारले नागरिकता ऐनलाई संशोधन गर्ने विधेयकलाई स्वीकृति दिने
पुष २७, २०८१ शनिबार
कैलालीमा ‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
पुष २७, २०८१ शनिबार
नक्शा स्वीकृत गर्ने प्रणाली विद्युतीय माध्यमबाट सञ्चालन गर्न निर्देशन
पुष २७, २०८१ शनिबार
मकवानपुर दुर्घटनाः कार चालकसहित मृतकको संख्या २ पुग्यो
पुष २७, २०८१ शनिबार
भारतीय मालबाहक सवारीको तौल लिने व्यवस्था मिलाउन माग
पुष २७, २०८१ शनिबार