सीमित समूहले आयकरको डर देखाएर साना लगानीकर्ता तर्साउने काम भयोः अर्थमन्त्री
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार ११:२:३
२५ जेठ, काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमित समूहले आयकरको डर देखाएर शेयरबजारबाट ठूलो फाइदा लिन खोजेको बताएका छन् । उनले शेयरबजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य नभएसम्म साना लगानीकर्ताले फाइदा लिन नसक्ने बताएका छन् ।
बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रम उनले शेयरबजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । उनले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित समूहले फाइदा लिने गरेको भन्दै उनले यसको अन्त्य हुनुपर्नेमा जोड दिए ।
थोरै लगानी गर्नेले पनि शेयरबजारबाट कमाउने वातावरण बनाउनुपर्ने महतले बताए । शेयरबजारमा खेल्ने समूहले करको कुरा उठाएर फाइदा लिएको उनको भनाइ छ । त्यस समूहले बजारमा शेयरका विषयमा भ्रम सिर्जना गरेको र यो हुन नदिन आफू दृढ रहेको पनि उनले बताए । बजेटमा आफ्नो स्वार्थ नपरेकाले अहिले कतिपय असन्तुष्ट रहेको उनको टिप्पणी छ । बजेटले व्यवसायीलाई मर्कामा नपारेको जिकिर उनले गरे ।
शेयरबजारमा चलखेल गर्ने हेतुले केही लगानीकर्ताहरुले सबै लगानीकर्ताहरुलाई आम्दानीमा आयकर लाग्छ भन्दै बजार बढाउने र घटाउने गरेर फाइदा लिएको उनले बताए । महतले शेयरबजारमा अहिले वित्तीय र जलविद्युत क्षेत्रका कम्पनीहरू धेरै सूचीकृत भएको बताउँदै अन्य रियल सेक्टरका कम्पनीहरूलाई शेयरबजारमा समावेश गर्नुपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबजार खुल्नासाथ नेप्सेमा १ करोड ३६ लाखमाथिको शेयर कारोबार
पुष २४, २०८१ बुधबार
मंगलबार नेप्से ६ अंकले बढेर २६४६ मा पुग्दा ५ अर्ब ३८ करोडका शेयर खरिदबिक्री भए
पुष २३, २०८१ मंगलबार
प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता आजदेखि
पुष २५, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
पुष २५, २०८१ बिहिबार
अमेरिकामा 'बर्ड फ्लू'को कारण पहिलो मानवको मृत्यु
पुष २४, २०८१ बुधबार
जुम्लाका सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला
पुष २४, २०८१ बुधबार
पर्साका विपन्न तीन सय जनालाई कम्बल वितरण
पुष २४, २०८१ बुधबार
धनुर्मास पूजापछि खुल्यो पशुपतिनाथ मन्दिर, गरियो आरती
पुष २४, २०८१ बुधबार