बजेटमा एकात्मक राज्य प्रणाली र दलाल पूँजीवादको झल्को पाइन्छ : सांसद घर्ती
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १२:५८:३३
२५ जेठ, काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)का सांसद पूर्णबहादुर घर्तीले सरकारले आगामी आर्थिक वर्षा २०८०/८१ को बजेट एकात्मक र नोकरशाही दलाल पूँजीवादी केन्द्रित रहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटको वार्षिक अनुमानित राजश्व तथा व्ययको छलफलका क्रममा धारणा राख्दै सांसद घर्तीले कृषि र शिक्षाका आकर्षक नारा तय गरिएपनि कार्यान्वयनको पाटो अन्यौल रहेको बताए । बजेटको उद्देश्य र चरित्र नोकरशाही दलाल पूँजीपतिको हित गर्ने र गरिबलाई आशामा सीमित गराउने किसिमका रहेको बताए ।
किसानको पक्षमा आकर्षक नारा दिइए पनि काम गर्ने किसान भन्दाकाम नै नगर्ने धनी वर्ग झनझन धनी बन्दै जाने किसिमबाट आएको बताए । धनीलाई थप धनी हुनबाट आंशिक रुपमा रोक्दै गरिबलाई छिटो उकास्ने नीति नै बजेटमा नरहेको र निमुखा वर्ग उत्थान गर्न ठोस कार्यक्रम नहुँदा बजेट कुहिरोका काग बन्ने अवस्थामा रहेको बताए । बजेट समाजवाद उन्मुख नभई दलाल पूँजीवादी व्यवस्था उन्मुख रहेको उनको भनाइ छ ।
बजेटले सहकारीका बचतकर्ताको रकम सुरक्षाबारे ठोस नीति नरहेको उनको टिप्पणी छ ।
ठोस नीतिको अभावमा श्रमजीवि वर्गका बचत रकमलाई धनीहरुले चलाएका सहकारीका संचालकहरु पैसा बोकेर बेपत्ता हुँदा पनि पक्राउ गर्न राज्य सफल हुन नसकेको बताए । ‘सहकारी धनीको हातमा परेका कारण बचतकर्ताहरुले आफ्नै पैसा पाउन रुँदै हिड्न विवश छन्’ सांसद घर्तीले भने, ‘पैसा खाने सुदखोर र दलालहरु खुलेआम हिँडुडुल गर्न पाइरहेका छन् ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
‘आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार