सांसद गम्भीर नबन्ने र खराब विषयले प्राथमिकता पाउने हो भने यो संसदबाट गोबर मात्रै उत्पादन हुन्छः लामिछाने
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १३:५०:५
२५ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र सांसद रवि लामिछानेले सार्वभौम संसद गलत दिशा र विषयतर्फ केन्द्रित हुदै गएको भन्दै यसको गरिमा बढाउन सांसदहरु गम्भीर बन्न आवश्यक रहेको बताएका छन् । उनले सांसदले प्रयोग गर्ने भाषाका कारण संसद अमर्यादित बन्दै गएको बताएका छन् ।
संसदीय मर्यादामा आँच आउने गरी भएको बहसका लागि उनले माफी पनि मागेका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफलमा सहभागी हुने क्रममा लामिछानेले संसदीय मर्यादाको ख्याल गर्न नगर्दा संसदको गरिमामा प्रश्न उठेको र अनुत्पादक विषयले प्राथमिकता पाउँदा संसद अनुत्पादक बनिरहेको बताए ।
प्रतिनिधिसभाको जेठ २२ को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको विषयमा प्रश्न सोध्ने क्रममा रास्वपाका सांसद शिशिर खनालले संसदीय मर्यादाविपरीतको शब्द बोलेका थिए । उनले प्रधानमन्त्री भारतबाट प्लेन चढेर पोखरा विमानस्थलमा अवतरण नगरी ’प्रधानमन्त्री भैँसी चढेर पो आउनु भो’ भन्ने बोलेका थिए । उक्त शब्दलाई सभामुख देवराज घिमिरेले संसदको रेकर्डबाट हटाउन लगाएका थिए ।
सोही कुरातर्फ इंगित गर्दै सभापति लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएका त्यस्ता अभिव्यक्तिका लागि माफी मागेका हुन् । उनले सांसदहरु संसदको मर्यादा राख्न चुकिरहेका भन्दै हाम्रा वा अरु पक्षबाट आएका यस्ता विषयले संसदलाई उत्पादनमुखी बनाउन नसक्ने बताए । उनले यो सदनलाई भैँसी र राँगा जस्तै विषयमा गफ गर्ने थलो बनाउने हो भने आगामी पाँच वर्ष यो संसदबाट गोबरबाहेक केही पनि प्राप्त गर्न नसकिने बताए ।
लामिछानेले बजेट र राष्ट्रका महत्वपूर्ण विषयमा कुरा गरिरहँदा, आम सर्वसाधारणमा संसद्बाट राम्रो सन्देश नगएको बताए । राँगा र भैँसीका बहस संसदमा गर्ने हो भने नागरिकमा निराशा छाउने लामिछानेको भनाइ थियो । त्यसरी नै बहस गरिरहने हो भने पाँच वर्षपछि जनतामा मुख देखाउन नसकिने उनले बताए ।
लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्दा गलत प्रक्रिया अपनाएको बताए । रास्वपा जन्मसिद्ध नागरिकका सन्तानले र एकल आमाका सन्तानले नागरिकता पाउनुपर्छ भन्नेमा दृढ रहेको उनको भनाइ छ ।
वैवाहिक अंगीकृतको विषयमा विभेद गरिएको पनि लामिछानेको भनाइ थियो । नागरिकता विधेयकको प्रक्रियाको विरोध गर्दा आफ्नो पुत्ला जलाइएको भन्दै उनले आपत्ति जनाएका छन् । नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टी कुनै समुदायविरुद्ध छ भन्ने भाष्य जबर्जस्ती निर्माण गरेर निमुखा नागरिकलाई गुमराहमा राख्न खोजिएको उनले आरोप लगाए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेविसंघ वालिङ कार्यसमितिको अधिवेसन सम्पन्न
पुष २१, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
सर्लाहीमा इँटा व्यवसायी प्रसाईंंको शव गाडेको अवस्थामा फेला
पुष २०, २०८१ शनिबार
सूर्यदर्शन सहकारी ठगीः रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जारी
पुष २१, २०८१ आइतबार
जापानमा बर्डफ्लूको प्रकोप फैलिएपछि कुखुरा नष्ट गर्न सुरु
पुष २१, २०८१ आइतबार
गाजामा इजरायली हवाई आक्रमण र गोलाबारीमा कम्तीमा १८४ जनाको मृत्यु
पुष २१, २०८१ आइतबार
वर्ष २०२४ मा खेलकूदः माइक टाइसन बक्सिङदेखि अर्जेन्टिनाको उपाधिसम्म
पुष २१, २०८१ आइतबार
नवनिर्वाचित सभामुख जोनसनलाई ट्रम्पको बधाइ
पुष २१, २०८१ आइतबार
संक्रमणकालीन न्यायसम्बन्धी ऐन बदरको माग राखेर सर्वोच्चमा ४४ जनाले दिए रिट निवेदन
पुष २१, २०८१ आइतबार
हृदयाघातबाट पालिका कर्मचारीको निधन
पुष २१, २०८१ आइतबार